धरान/युएन कलेज धरानमा ‘डाइनिङ एटिक्युट एण्ड हस्पिटालिटी’ बारे तालिम दिइएको छ । होटल मेनेजमेन्ट साथै ट्राभल एण्ड टुरिजम अन्तर्गत पर्ने ‘खाना टेवलको शिष्टाचार’ बारे मंगलबार जानकारी गराइएको हो ।
यो विदेशको हकमा अनिवार्य शिक्षा मै पर्दछ । कसरी खाना खाने र खाना खाँदा अपनाउनु पर्ने सावधानीको विषयमा यो शिक्षामा सिकाइन्छ । मंगलबार युएनल कलेज र नवोदय उच्चमाविले संयुक्त रुपमा आयोजना गर्दै कलेजमा खाना टेवलको शिष्टाचारबारे तालिमसमेत प्रदान गरियो ।
होटल मेनेजमेन्टका संयोजक गगन श्रेष्ठले तालिम प्रदान गरे । पाँचवर्ष अघिदेखि सुरु भएको युएन कलेजमा अहिले होटल म्यानेजमेन्टलगायत विविएस प्रोग्राम गरी ६ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले बताए ।
तस्बिरः भोजराज श्रेष्ठ
खाना टेवलको शिष्टाचारमा आफू मात्रै हैन, अरुलाईसमेत असर नर्पने गरी सही तरिकाले काँटाचम्चाको प्रयोग गरेर खाने विधिलाई भनिने संयोजक श्रेष्ठले बताए । कलेजले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नात्तक लेभलको विएचएम र विविए प्रोग्राम ल्याउने तयारी भइरहेकोसमेत क्याम्पस प्रमुख तुम्बापोले बताए । होटल म्यानेजमेन्टमा पूर्वाञ्चलमा टप आउन सफल यस युएन कलेजले पर्यटनलाईसमेत थप टेवा पु¥याउने अभिप्रायले ट्राभल एण्ड टुरिज्मको कक्षासमेत सञ्चालन हुँदै आइरहेको छ ।
‘हाम्रो उदेश्य शैक्षिक केन्द्र मात्रै नभई धरानलाई पर्यटकीय नगरीको रुपमासमेत विकास गर्ने लक्ष्य छ ।’ प्रमुख तुम्बापोले भने । खाना टेबलको शिष्टाचार तालिमसमेत सबै वर्गलाई अनिवार्य रहेकाले पनि जानकारी गराइएको प्रमुख तुम्बापोले बताए । शिक्षा नै परिवर्तनको मूल संवाहक हो भन्ने नाराका साथ नवोदय उच्चमावि र युएन कलेजको स्थापना भएको हो ।