काठमाडौं/संघीय लिम्बुवान पार्टी नेपालको अध्यक्ष कुमार लिङ्देनले पुरानै पार्टीको लेटर प्याड प्रयोग गर्दै फेरि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् ब्युताउने प्रयास गरेका छन् ।
यसलाई पार्टीमा रहेका अन्य नेताहरुले अध्यक्ष लिग्देनको मोनोपोलीको रुपमा लिएका छन् । नेता लिङदेनले निर्वाचन आयोगमा दर्ता गरिसकेको एउटा पार्टीको महाधिवेशनका लागि दर्ता हुन बाँकी रहेको अर्को पार्टीको लेटरप्याड प्रयोग गरेको खुलेसँगै परिषद्लाई नै ब्युत्याउने प्रयास भएको हो ।
पाँचपार्टी एकिकरण पूर्व लिङदेनको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् रहेको थियो । तर, परिषद्समेत निर्वाचन आयोगमा दर्ता छैन् । त्यसमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दर्ता थियो ।
धनकुटाको भेडेटारमा ०७१ सालमा आयोजना भएको एकता भेलाले पाँचवटा लिम्बुवानी पार्टीहरुलाई एकीकरण गरेर ‘संघीय लिम्बुवान पार्टी नेपाल’ गठन गर्यो । पार्टी एकिकरण भइसके पनि ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’को दोस्रो महाधिवेशनको आह्वान अध्यक्ष लिङदेनले गरेका हुन् ।
लोकतान्त्रिक राष्ट्रिय मञ्च’को दोस्रो महाधिवेशनको आह्वान गरेका छन् । आईतबार लिङदेनद्वारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ –‘भेडेटार एकताको ९ बुदेमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंचलाई पहिचानबादी हरुको रास्ट्रिय शक्ति निर्माणको लागि अघि बढाउने सहमति भएको साथै लिम्बुवान ,खम्बुवान ,तामांङसालिङ ,थरुहट लगायतका पहिचानबादी आन्दोलनहरुको जन्मदाता र संबिधान सभाको पहिलो निर्बाचनमा दाप सहितको खुकुरी चिन्ह लिएर २ जना सभासद पठाउन सफल यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ले आफ्नो महाधिबेशन यहि असार मसान्त भित्रमा गरिसक्नु नत्र मंच खारेज हुने भन्ने निर्बाचन आयोगबाट पत्र प्राप्त भएको र देशको बर्तमान राजनैतिक परिस्थितिको ठोस विश्लेषण गर्
दै यहि जेष्ठ ३२ र असार १ गते बसेको मंच को पदाधिकारीहरुको मिटिंगले ०७३ – ३ (१७ ,१८ ,१९ गते झापाको दमकमा मंचको रास्ट्रिय महाधिबेशन गर्ने निर्णय गरेको छ ।’ ‘परिस्थितिको एतिहासिक आवश्यकतालाई महसुस गरेर मंचलाइ पुन रास्ट्रब्यापी रुपमा अघि बढाउने निर्णय भएको छ । पहिचानको लागि इतिहासदेखि नै सबैभन्दा धेरै आन्दोलन गरिरहेको लिम्बुवानले देशको बर्तमान राजनीतिको यो गम्भीरतालाई अवश्य आत्मासात गर्ने छ र अब मुद्दा बचाउनको लागि आन्दोलित भैरहने मात्र होईन सिंगो देशमा चलिरहेको पहिचानको आन्दोलनलाइ वारपार गर्नको लागि लिम्बुवानले ठोस निर्णयहरू लिनेछ ।’– लिङदेनले विज्ञप्तिमा भनेका छन््र –यहि बिचारहरुको जगमा टेकेर कम्तिमा १००१ ( एकहजार एक ) जना प्रतिनिधिहरुको उपस्थितिमा हुने मंच को दोस्रो रास्ट्रिय महाधिबेशनलाइ सफल बनाउन संघीय लिम्बुवान पार्टी ,नेपालका सबै के .स.हरु र सबै जिल्ला ,उपत्यका ,प्रवास ,जनबर्गीय समितिहरु सक्रिय हुन यसै प्रेस बिज्ञप्ति मार्फत आब्हान गर्दछौ । '
महाधिवेशनबाट तत्कालीन मञ्चका महासचिव सूर्य माखिमलाई नै जानकारी छैन् । उनी हाल पार्टीका उपाध्यक्ष हुन् । एकतासँगै मञ्च पलायन भइसकेको अवस्थामा पुरानै पार्टीलाई जगाउने काम भएसँगै उनीसमेत रुष्ट छन् ।
पार्टीमा छलफलै नगरी मञ्चको महाधिवेशन बोलाउनु गैरराजनीतिक चरित्र भएको माखिमले तर्क अघि सारेका छन् । अध्यक्ष लिङदेनले भने भेडेटार पारित एकताको ९ बुँदेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पहिचानवादी दलहरुको राष्ट्रिय शक्ति निर्माणका लागि अघि बढाउने सहमति भएको जिकिर गरेका छन् । र, त्यही सहमतिका आधारमा जेठ ३२ र असार १ गते बसेको मञ्चका पदाधिकारीको बैठकले झापाको दमकमा आगामी असार १७ देखि १९ सम्म दोस्रो महाधिवेशन गर्ने निर्णय भएको लिङदेनको तर्क छ ।