इलाम /द्धन्द्धका समयमा पीडित भएकाहरुबाट इलाममा नौं सय २१ उजुरी दर्ता भएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा नौं सय र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा २१ वटा उजुरी दर्ता भएको शान्ति समिति सचिव डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

ujuri

असार २ गते सम्म भनिएको उजुरी दर्ता गर्नै अन्तिम दिन अर्थात असार २ गते २७५ वटा उजुरी दर्ता भएका थिए । इलाममा द्धन्द्धका समयमा राज्य र विद्रोही पक्षबाट ५ हजार ६६४ जना पीडित भएको तथ्याकं शान्ति समितिमा छ ।

यता दुवै आयोगले द्धन्द्ध पीडितकालागि उजुरी गर्ने समयलाई थप एक महिना बढाएपछि छुटेका द्धन्द्ध पीडितहरु पनि उजुरी दिन आउँदै गरेको इदिङ्गोले जानकारी दिए ।