ताप्लेजुङ/जिल्लाको पेदाङ गाविसमा शनिबार दिउँसो गएको पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् भने अन्य तीन घर पहिरोको जोखिममा परेका छन् । दिउँसो करीब १२ बजे शुरु भएको पहिरोका कारण पेदाङ–४ का कविराज गौतम र कमल गौतमको परिवार विस्थापित भएको हो । पेदाङ–३ का उत्तर भण्डारी, चन्द्रवीर महत र डिल्ली भण्डारीको घर पनि पहिरोको जोखिममा रहेको स्थानीय विष्णु साम्युले जनाएका छन् । [caption id="attachment_4186" align="aligncenter" width="624"]pahiro र्फाइल फोटो[/caption] वर्षा नभएपनि अकस्मात् झरेको पहिरोका कारण कविराजको गोठमा क्षति पुगेको छ । पेदाङ १, २, ३, र ४ वडामा ल्याएको खानेपानीको मुहानसहित पाईप बगाउँदा ती वडामा खानेपानी अवरुद्ध भएको स्थानीय पूर्णसिं लिम्बूले बताए । पहिरोले सोही गाविसमा रहेको भञ्जारे प्राथमिक विद्यालय जाने बाटो समेत बगाएको छ । वर्षा भए अफै ठूलो पहिरो जाने सम्भावना रहेकाले पहिरोनजिकै रहेका दुई परिवारलाई अन्यत्र सारिएको र अन्य घर पनि पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् । वर्षा नभएकाले पहिरो अहिले रोकिएको छ । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पहिरो गएको क्षेत्र नजिकै प्रहरी चौकी नभएकाले तेल्लोक इलाका प्रहरी कार्यालयबाट प्रहरी पठाएर क्षतिको विषयमा जानकारी लिने तयारी रहेको जानकारी दिए । प्रहरी चौकीदेखि घटनास्थल पुग्न करीब तीन घण्टा लाग्ने भएपनि साँझसम्म सो स्थानमा प्रहरी नपुगेको स्थानीयले बताए ।