धरान/थाइल्याण्डबाट उत्पादन हुने इनर्जी ड्रिन्क्स रेडबुलमा अखाद्य बस्तु फेला परेको छ । धरान–१५ को सावित्री खाजा घर नामक पसलबाट एक उपभोक्ताले किनेर खाने क्रममा अखाद्य बस्तु फेला परेको थियो । त्यही नजिकैका पदम खेवाहाङले खाने क्रममा ग्लासमा हाल्ने क्रममा देखिएको हो ।   नेपालमा जिवी मार्केटिङ प्रालि काठमाडौंले आधिकारिक विक्रेता रहेको छ । रेडबुलमा थाइल्याण्डको टिसी फर्मासिट्युकल इण्डष्ट्रिज को लिमिटेडले उत्पादन गर्ने रेडबुलमा नोपलको आधिकारिक विक्रेताको कुनै फोन नम्बर वा गुनासो गर्नको लागि आधिकारिक रुपमा जानकारी दिइएको छैन् ।   तर, थाइल्याण्डको फोन नम्बरहरु भने रहेका छन् । उपभोक्ता खेवाहाङले अत्यधिक चिसो भएका कारण गिलास मागेर खन्याउने क्रममा किरालगायत जस्ता बस्तुहरु झरेको बताए । redbul ‘गिलास मागेर खन्याउँदा चोक्टा झर्छ ।’ उनले भने –त्यसपछि राम्ररी हेर्दा किरा र बदामजस्तो देखिने बस्तुहरु फेला पर्यो ।’ सावित्रा खाजा घरकी सावित्रा राईले रेडबुल मागेपछि दिँदा त्यस्तो फोहोरहरु फेला परेको बताइन् । उनले अहिलेसम्म आफ्नो पसलहरुबाट यस्तो अखाद्य बस्तु फेला परेको कुनै पनि पेय पदार्थ फेला नपरेको बताइन् । तर, अन्य तिर धेरै पटक यस्तो बस्तुहरु फेला पर्ने गरेको सुन्ने गरेको बताइन् ।   उपभोक्ताहरुलाई प्रत्यक्ष असर गर्ने गरी यस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरुले सामग्रीहरु बिक्री वितरण गर्ने गरे पनि हालसम्म कारबाही भएको रेकर्ड खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भेटिदैन् । नेपालमा बिक्री हुने अधिकांस इनर्जी ड्रिन्कहरुको लेवल एकदमै न्युन पाइएको एक अध्ययनले देखाएको थियो ।   त्यसमा पनि रेडबुल स्वास्थ्यको लागि हानिकारक मात्रै हैन, मृगौलालाई सिधै असर गर्ने गरेको त्यो अध्ययनमा भेटिएको थियो ।