तरहरा/ इटहरी उपमहानगरपालीकाका कर्मचारीको कार्यशैलि प्रति नेकपा एमाले इटहरीले असन्तुष्टि जनाएको छ । एमाले इटहरीले उपमहानगरपालीकामा ज्ञापनपत्र नै बुझएर कार्यशैली प्रति असन्तुष्टि जनाएको हो । cong एमालेको यो कार्यलाई नेपाली काङग्रेशले पनि सर्मथन गरेको छ । दुबै राजनैतिक दलले उपमहानगरपालीका सेवाग्राहि प्रति उत्तरदायी नभएको ,आन्तरीक ब्यबस्थापन र कार्य सम्पादन राम्रो नभएको कर्मचारी नियुक्तिमा मनोमानी गरेको जस्ता बिषयमा गम्भिर असहमती जनाएका हुन । एमालेको यो कार्यलाई काङग्रेशका इटहरी सभापती हेमकर्ण पौडेलले प्रसंसा गरेका छन् ।कार्यलयमै पुगरे एमाले नगर अध्यक्ष रेवती घिमिरे सहितको टोलीले काम कार्वार्हीमा असन्तुष्टि जनाएको हो । इटहरी उपमहानगरपालिका कार्यालय को आन्तरिक ब्यबस्थापन, कर्मचारी ब्यबस्थापन, श्रोत साधनको उचित प्रयोग तथा ब्यबस्थापन, अभिलेख र लेखा प्रणालीको चुस्तता, विकास निर्माणमा उचित योजना तथा कार्यन्वयन, कर्मचारी भर्नामा अनियमितता लगायतको विषय देखाउँदै अध्यक्ष घिमिरेले ज्ञापन पत्र बुझाएका थिए । एमालेले गरेको काम प्रति नेपाली काग्रेस इटहरी नगर अध्यक्ष हेमकर्ण पौडेलले राम्रो कामको थालनी भएको भन्दै सामाजिक सञ्जाल फेसवुकमा स्टाटसनै लेखेका छन् । उनले फेसबुकवालमा लेखेका छन– नेकपा एमाले खबरदारी गरेकोमा धन्यबाद । उनले थप लेखेका छन् ‘आज उपनगरपालिका मा कर्मचारी हरु को ढिलासुस्ती का कारण जनता को काम कारबाहिमा समस्या उत्पन भएको निस्कर्ष जायज छ ।कार्यकारी अधिकृतहरु ले डोर हाजिरका नाममा भर्तिगरेका लगभग ३ दर्जन भन्दा बढी कर्मचारी को नियुक्त प्रक्रियागत हिसाबले प्रतिस्पर्धा बाट आउनु पर्ने वा सबै लाई बिदा दिएर नया प्रक्रिया मा जानु पर्ने माग प्रती मेरो पनि सहमति छ । सहकार्य गर्न तयार छौ । एमाले ले निरन्तर खबरदारी अभियान लाई कमजोरी पुर्बक नलिन उपनगरपालिका लाई आग्रह छ ।’ सरकारको प्रमुख प्रतिपक्ष पार्टी काग्रेसका नगरसभापती हेमकर्ण पौडेलले साथ दिएको विषय इटहरीमा अहिले चर्चामा पुगेको छ । केन्द्रका एमाले र काग्रेस विच काटक्क्ष नै भए पनि इटहरीमा भने लामो समय देखि काग्रेस र एमाले बिच सहकार्य हुदै आएको छ । काग्रेस सभापति पौडेलले इटहरी विकासको लागी सदैब हातेमालो गदै एमाले सँग हिड्न तयार रहेको बताएका छन । इटहरीमा एमालेले गरेको काम जायज छ हामी साथ दिन्छौ ।