तरहरा/ उद्योग बाणिज्य संघ इटहरीको चुनाब नजीकैदै जाँदा इटहरीमा चुनावी रन्को सुरु भएको छ । नेपाली काग्रेस, नेकपा माओबादी र राप्रपा नेपाल निकटका ब्यबसायीहरु संयुक्त रुपमा टिम बनाएर चुनाबी मैदानमा निस्कने तयारी गर्दैछन भने एमाले निकटका ब्यबसायीहरु छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रने पक्का पक्की भएको छ । चुनाव असार २३ गते इटहरीमा हुदै छ । एमाले निकट ब्यावसायी निलम बस्नेत नेतृत्वको एमाले निकट ब्यबसायीको प्यानल चुनाब आउनु एक महिनाअघिनै घरदैलो गरिरहेको छ भने काग्रेस निकट इस्वरी पराजुली नेतृत्वको संयुक्त प्यानल वनाएर एक महिना अघि देखि नै चुनाबी मौदानमा उत्रिने भएका हो । पराजुली र वस्नेत दुवै आफ्नो जित सुनिश्चित गरीरहेको दावी समेत गदै आएका छन । पराजुली नेतृत्वको संयुक्त प्यानलका सम्भाबित उमेरद्धारहरुले बिहीबार सक्षम टिम निमार्ण र नेतृत्व बिकास सम्बन्धि तालिम दिदै चुनाबी मौदानमा उत्रिएको वताएको छ । ब्यबसायीका समस्या, अपेक्षा र गर्नु पर्ने कामको बारेमा जानकारीनै नभइ नेतृत्वमा पुग्दा ब्यबसायीका समस्या समाधान नहुने भएकाले सम्भाबित उमेद्धारहरुलाइ तालिम दिइएको तालिमको संयोजन गरेका इटहरीका युवा ब्यबसायी जिवन पराजुलीले बताए । पराजुलीले भने हामी हाम्रो सम्भावित उमेद्धारहरुलाई सक्षम वनाएर ब्यावसायी समक्ष भोट माग्न पठाउँदै छौ । बाणिज्य संघको नेतृत्व तहमा यस अघि नै आइ सकेका इटहरीका हालका उद्योगा वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष इश्वरी पराजुली, महासचिव दिबस पोख्रेल, सदस्य निर्मल रिजाल, सदस्य नबराज काफ्ले, सदस्य स्याम रिजाल, गायत्रि भण्डारी तथा इटहरीका स्थापित ब्यबसायीहरु रेवतिरमण दुलाल, तिलक अधिकारी, अनिल सुब्बा लगायत करिब तिन दर्जन ब्यबसायी तालिममा सहभागि थिए । ब्यापारीलाई प्रशिक्षक दिदै कैलाश श्रेष्ठले नेतृत्व लिनु अघि गर्नु पर्ने तयारी र नेतृत्व लिइ सकेपछि गर्नु पर्ने कामका बिषयमा प्रशिक्षण दिए । यसैगरि पुर्बान्चल उद्योग बाणिज्य संघका अध्यक्ष तथा इटहरी उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष टंक दुलालले पनि इटहरीका ब्यबसायीका समस्या, समाधानकालागि अहिले सम्म भएका प्रयास र अब नेतृत्व लिनेले गर्नु पर्ने कामका बारेमा जानकारी गराएका थिए । सहभागिहरुले आफूहरु इटहरीको ब्यबसायीक क्षेत्रमा केही गर्नकैलागि उमेरद्धार बन्न लागेकाले तालिममा सहभागि भएको बताएका छन । बिगत बर्षहरुदेखिनै उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व गर्दै आएको यो समुहले पछिल्लो समय क्षेत्रिय र राष्ट्रिय रुपमा पनि नेतृत्व गर्न थालेको छ । इटहरी उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष टंक दुलाल पुर्बान्चल उद्योग बाणिज्य संघको अध्यक्ष भैसकेका छन भने अहीलेका अध्यक्ष रोहीत प्रसाइ कोशी अन्चलबाट उद्योग बाणिज्य महासंघको अन्चल प्रतिनिधीमा निर्बाचित भैसकेका छन । एमाले निकट ब्यावसायी वस्नेतको प्यानल पनि आफुलाई वलियो दावी गदै भोट माग्न घरदैलो अभियान थालेको छ । वस्नेतले यस अघि नै उमेद्धारी घोषणा गदै आफुलाई जिताउँन ब्यावसायीहरुलाई अपिल गरेका छन । अर्को अध्यक्षका प्रत्यासी पराजुलीले भने आफुलाई जिताउँन ब्यावसायीहरुलाई अनुरोध गर्ने थालेका छन ।