धरान /नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुमन घिमिरेले पुर्बाञ्चलमा पर्यटन उद्योगको संभावना उच्च रहेको बताएका छन् ।पुर्वका पत्रकारहरुलाई पर्यटकिय स्थलहरुको अवलोकनका लागि पुर्व आएका उनले अब देशको आर्थिक बिकाश पर्यटनबाटै सभ्भव भएको बताए ।
[caption id="attachment_3986" align="aligncenter" width="600"]
मिस पुर्बाञ्चका प्रतियोगीहरुलाई पर्यटन प्रर्बधनमा लाग्न अनुृरोध गरे । भेडेटारमा आयोजित कार्यक्रममा मिस पुर्बाञ्चलका प्रतियोगिहरुलाईं अनुरोध गर्दै उनले भने ‘ अब पर्यटन उद्यौगमै रोजगारी र आर्थिक बिकाशको संभावना छ,तपाईहरु सबै पर्यटनदुत बनेर लागि पर्नु पर्छ ।’ उनले थपे –‘पर्यटन प्रर्बद्धनका लागि हामी सबैले हातेमालो गरौं ।’
[caption id="attachment_3985" align="aligncenter" width="650"]

सोही कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राईले पुर्वका पर्यटकिय क्षेत्रमा चलचित्रको छायङकन गर्न निर्माताहरुलाई प्रोत्साहन गर्ने बताए । ‘हामी फिल्म सुटिङ गरेर पर्यटकिय स्थलहरुको प्रचार गछौं ,तपाईहरुपनि आफ्नो क्षेत्रबाट लाग्नु होस् ।’ उनले पुर्वि नेपाल चलचित्र छायङकनकालागि राम्रो गन्तब्य हुन सक्ने बताए । आयोजक सिल्भर इन्टटेन्मेन्टका अध्यक्ष दिपक बनेपालीले मिस पुर्बाञ्चलको बिजेता स्वतः भेडेटारको पर्यटनदुत हुने बताउदै प्रतियोगि सबैलाई पर्यटन उद्योगका बारेमा समेत अध्ययन गर्न आग्रह गरे । कार्यक्रममा होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावती,सचिब जितेन्द्र रुम्दाली,मिस पुर्वाञ्चल तथा भेडेटारकी पर्यटनदुत प्रियङका श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।