भोजपुर / इलाका प्रहरी कार्यालय तिवारिभञ्जाङ्गमा गोलि चलेको घट्नाका दोषिहरुमाथि कारवाही हुने भएको छ । गएको शुक्रवार भएको घट्नामा दोषि देखिएका इन्चार्ज रामबहादुर कार्की र जवान दिपेश रिजाललाई प्रहरी नियमावलि बमोजिम कारवाहि हुने प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला तानिएको छ भने नयाँ इन्चार्जलाई तिवारिभञ्जाङ्ग पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले पत्रकार सम्मेलन गरि कारवाहि हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै डिएसपि राजकुमार लम्सालले विवादका कारण नभई हतियार परिक्षण गर्ने क्रममा पड्कीएको दावि गर्नुभयो । सामानय विावद भएपनि विवादका कारण गोलि भने नचलेको बताए । लम्सालले इन्चार्ज कार्किको पनि कमजोरि देखिएको बताए । घट्नाको समयमा उनि मादक पदार्थ सेवन गरेर बाहिर बसेको पाइयो लम्सालले जानकारी दिए । स्थानिय वासि संग समेत सम्बन्ध राम्रो नभएको र घट्नाको विषयमा स्थानियले जानकारी माग्दा राम्रो ब्यवहार नभएको पाइएको लम्सालको भनाइ छ । घट्ना पछि जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार लम्साल आफै तिवारीभञ्जाङ्ग पुगेका थिए । स्थानियवासि संग अन्तरक्रिया गरेर फक्रिएपछि स्थानिय वासिले आन्दोलनको कार्यक्रम स्थगित गरेका थिए ।