imagesधरान /  सुृर्खेतबाट पूर्व अध्ययन भ्रमणमा हिडेको  यात्रु बसले शनिवार विहान सुनसरीको रामधुनी भासी नपा–५ बजार क्षेत्रमा साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छ । विहान ६ बजे पश्चिमबाट तिब्र गतिमा आएका ना  ३ ख ५२८४ नंं बसले रामधुनी भासी–५ कै ५२ बर्षिय प्रसाद भण्डारीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । घट्ना लगत्तै घाईते भण्डारीलाई नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा ७ः १५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  तिव्र गतिमा आएको वसले भण्डारीलाई पछाडीबाट ठक्कर दिएको थियो । ब्लाष्ट दैनिकसँग आवद्ध भण्डारी धरानबाट आएको पत्रिका लिनलाई साईकलमा निस्किएका थिए ।  चालक सुर्खेत, वीरेन्द्रनगर– ९ का ४० हरिचन्द्र चौधरीलाई इप्रका पकलीले नियन्त्रणमा लिएको छ ।