दमक / आयोजनाको शिलान्यासमा ठूलो उत्साह थियो । आप्mनो क्षेत्रमा एकै दिन चारवटा ठूला आयोजनाको शिलान्यास हुँदा झापाको दमक र वरपरका बासिन्दाले ठूलो खुसी मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकका हजारौँ सर्वसाधारण शुक्रबार बिहानैदेखि दिनभर आफ्नो क्षेत्रका आयोजना शिलान्यास कार्यक्रममा सहभागी हुनमै व्यस्त रहे । ती आयोजनाबाट लाभान्वित हुने लखनपुर, मोरङको मधुमल्ला मात्र होइन, दक्षिणी इलामको खोलाको नाकाबन्दीमा रहेको चुलाचुलीका बासिन्दा पनि उसैगरी कार्यक्रममा सरिक भए । पूmलमालाले मन्त्रीसहितका विशिष्ट व्यक्तिहरुलाई स्वागत गर्दै अहिलेसम्म राजनीतिबाट खासै खुसी हुन नसकेका उनीहरु खुसी भए ।
दमक–१ लाई चुलाचुलीमा जोड्न रतुवा खोलामा पुल शिलान्यास भएको छ । ‘अब चुलाचुली क्षेत्रबाट बाढीको बेला उपचार गर्न बाटो नपाई ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने भयो भन्ने आशा जागेको छ’, चुलाचुली गाविसका पूर्वअध्यक्ष ओमनारायण खनालले भने, ‘यस्ता आयोजनाको काम तीव्र गतिमा सम्पन्न होस्, यसपछि मात्र स्थानीयले राजनीतिको प्रभाव बुभ्mनेछन् ।’ त्यहाँ सडक कार्यालयअन्तर्गत पूर्वी सेक्टर नम्बर १ मार्पmत् १५ करोड ६८ लाखमा इलाइट कन्स्ट्रक्सनले ०७२ कात्तिक २९ मा सम्झौता गरी ०७५ कात्तिक २८ मा सम्पन्न गर्नुपर्ने शर्तनामा छ । वरपरको ५ सय मिटर क्षेत्रमा नदी नियन्त्रणको काम पनि सँगै हुनेछ ।
आप्mनो ठाउँ ‘इलामले नदेखेको र झापाले हेपेको’ कष्टकर क्षेत्रका रुपमा रहेको गुनासो गर्ने गरेका चुलाचुलीवासीले वर्षामा कमल र रतुवाको बाढीले बाटो नपाएर बिरामी हुँदा अकालमै ज्यान गुमाउनुपर्ने पीडा भोग्दै आएका छन् । यो समस्यालाई अब बन्ने पुलले समाधान गर्ने विश्वास स्थानीय शिक्षक रुद्र प्रभातले व्यक्त गरे । इलाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चुलाचुलीको यो पीडा सोही क्षेत्रबाट पटक–पटक सांसद् बनेका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई अवगत नहुने कुरै भएन । यसपटक पुलको योजना परेपछि कार्यक्रममा सहभागी नेम्बाङले दङ्ग बन्दै चुलाचुलीवासीकै तर्पmबाट भने, ‘अब हाम्रो दुःख सकिएको छ ।’
उनले आपूmले समेत होस्टेमा हैंसे गरेपछि सरकारले केर्खाबाट चुलाचुलीको बाह्रगोठे हुँदै तीनकुने पोखरीसम्मको सडक कालोपत्रे गर्ने योजनामा पारेको सुनाए । विद्युत् महसुल बुझाउन सयौँ खर्च गरेर चुलाचुलीबाट विनाबाटो जिल्ला सदरमुकाम पुग्नु पर्ने अप्ठ्यारोलाई सम्बोधन गरेर पायक पर्ने दमकमा महसुल लिने व्यवस्था भएको उनले खुसी हुँदै उल्लेख गर्दा स्रोतामा तालीको पर्रा छुट्यो ।
प्रधानमन्त्री ओलीले देशमा विकास निर्माणका काम गतिशील रुपमा अगाडि बढाउन सरकार लागिपरेको बताउँदै शुक्रबार बिहान दमक–६ मा भ्यू टावर शिलान्यास गरेर कार्यक्रम शुरु गरेका थिए । एमालेका अध्यक्ष तथा झापा–७ का सांसद्समेत रहेका प्रधानमन्त्री ओलीले दमकलाई व्यवस्थित हरित शहर (स्मार्ट सिटी) का रुपमा विकास गर्न गुरुयोजना बनाउने सुनाउँदा दमकेलीको खुसी उस्तै छचल्किएको थियो । तटबन्ध, सडक, पुलसहितका समग्र विकासमा सरकार केन्द्रित रहेको प्रसङ्ग अघि सार्दै विपन्न समुदायको हित र परिवर्तनका लागि गाउँदेखिका योजनाहरु कार्यान्वयनमा आपूm लागिपरेको ओलीले सुनाए । ५ बिघा क्षेत्रफलमा आकर्षक पार्क, रेष्टुरेन्टसहितका व्यावसायिक स्टल रहने गरी १ अर्बको लगानीमा ७२ दशमलव १३ मिटर अग्लो भ्यू टावर निर्माण हुने छ । ठूला आकारका घडीसमेत रहने हुनाले घण्टाघरको समेत काम गर्ने टावरमा चढ्न दुईवटा लिप्mट हुनेछन् । आगामी तीन वर्षमा निर्माण सकिने लक्ष्य छ ।
प्रधानमन्त्री ओलीले त्यसपछि दमक–५ र मधुमल्ला जोड्न मावा खोलामा पुलको शिलान्यास गरे । सडक विभागको पूर्वी सेक्टर नम्बर १ मार्पmत् दुई वर्षअघि डीपीआर तयार गरी ३० करोड २२ लाख ९१ हजारको लागतमा आधुनिक शैलीमा पुल निर्माण हुनेछ । शर्मा लामा जेभीले नदी नियन्त्रणका कामसमेत गरी ०७६ साउन १२ मा योजना सम्पन्न गर्ने सम्झौता छ । ‘बल्ल पुल बन्ने कुराले हामी ज्यादै हर्षित छौँ ।’ मधुमल्लाका व्यवसायी सन्तोष गौतमको भनाइ छ । त्यहाँ पञ्चेबाजासहित स्थानीय उपस्थित थिए ।
झापामा कमल खोलाको पुल यसअघि शिलान्यास भइसकेको छ । झापामा यो वर्ष नदी नियन्त्रणका लागि सरकारले ७४ करोड छुट्याएको छ । यसमध्ये झापा–७ मा मात्रै ३२ करोड भाग परेको छ ।
टोलीमा प्रधानमन्त्री ओलीसहित पूर्वसभामुख नेम्बाङ, कानून मन्त्री अग्नि खरेल, शहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, सांसद् महेन्द्रकुमारी लिम्बू, नगेन्द्रकुमार कुमाल, शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालगायत थिए । दमक–१५ मा किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा बन्ने ‘फाल्गुनन्द सभागृह’ को पनि शिलान्यास गरिएको छ । त्यहाँ थपिएका थिए, नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला । ३५ करोडको लागतमध्ये १० करोड सरकारले र २८ करोड फाल्गुनन्दका चेला आत्मानन्द लिङ्देनका भक्तजनको सहयोगमा जुटाइने छ । त्यहाँ १८ जनाले निःशुल्क प्रदान गरेको अढाइ बिघा जग्गामा ३ वर्षमा १५ सय मानिस अट्ने सभाहल निर्माण हुनेछ । ७ वटा भाषालाई अनुवाद गर्ने स्थलका रुपमा समेत व्यवस्थापन गरिने हल परिसरमा चिल्ड्रेन पार्क पनि रहने छ । धर्मगुरु लिङ्देनले भने, ‘आप्mनो क्षेत्र र आसपासमा यसखाले विकास निर्माणका कामले आपूmहरुलाई समेत उत्साहित बनाएको छ ।’ सिटौलाले पनि सबै दल मिल्न सके ०७३ मा स्थानीय र ०७४ माघमा संसद्को निर्वाचन गर्न सकिने बताए । दिउँसो एमाले दमक नगर कमिटीको १० औँ अधिवेशनलाई प्रधानमन्त्री ओली र कानून मन्त्री खरेलले सम्बोधन गरे ।