धरान/ सिटी सफारीकी महिला चालकलाई ट्राफिक प्रहरीले थप्पड हानेको भन्दै सिटी सफारी चालकहरुले भानुचोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरी बुधबार अवरोध गरेका छन् । मुख्य सडकमा सञ्चालन गर्न नपाउने नियम उल्लङ्घन गर्दै मुख्य सडकमा सिटी सफारी चलाएपछि ट्राफिक प्रहरी हवल्दार गणेश कार्कीले कारवाही गर्न खोजेपछि थप्पड हानेको आरोप ट्राफिक प्रहरीलाई लागेको छ । प्रहरीले आपूmलाई दुई झापड हानेको महिला चालक विन्दु विकले दावी गरिन् ।
[caption id="attachment_3698" align="alignnone" width="700"]
त्यसपछि ट्राफिक व्यवस्थापनलाई नै चुनौती दिँदै झण्डै दुई घण्टासम्म भानुचोकमा बबाल खडा गरेका हुन् । उनीहरुले मोटरसाइकलसमेत नछिर्ने गरी चारैतिर सिटी सफारी रोकेका थिए । धरानका डीएसपी ढकेन्द्र खतिवडा, जिल्ला ट्राफिक इन्स्पेक्टर मेघराज केसी र सिटी सफारीका नेताहरुबीच घटनाबारे आवश्यक छानविन गरी गल्ती भएमा विभागीय कारवाही गरिने प्रतिबद्धता जनाएपछि मात्रै कुरा मिलेको थियो ।