राजविराज / केही दिनयता सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क फैलिएको छ । पछिलोपटक गएराति सप्तकोसी नागरपालिका–९ स्थित कमलपुरमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक बथानले छवटा घरमा तोडफोड गरेको छ । करिब तीनवटा समूहमा आएका हात्तीले स्थानीय सत्यनारायण यादवसहित चार परिवारको छवटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो हात्तीको समूहले घरमा क्षति पु¥याउनुको साथै घरभित्र रहेका अन्नपात खाएको छ भने लत्ताकपडा र भाँडावर्तनमा समेत क्षति पु¥याएको इप्रका कञ्चनपुरका सई तेजबहादुर बस्नेतले जानकारी दिए । हात्तीलाई स्थानीयवासी र प्रहरी मिलेर आरक्षतिर लखेटेका छन् । रासस