विजयपुर/विश्व वातावरण दिवसको अवसर पारेर धरान –१७मा एकिकृत सरसफाई अभियान सञ्चालन गरिएको छ । अभियान अन्र्तगत धरान –१७का चार वटा टोल बिकाश संस्था मार्फत सरसफाई अभियान सञ्चालन गरिएको हो ।

sarsafai.jpg-wabआईयुडिपी प्रोजेक्ट अन्र्तगत रहेका संगम टोल बिकाश संस्था,असार टोल टोल बिकाश संस्था,साउने टोल बिकाश संस्था र सप्तरङगी स्मृती टोल बिकाश संस्थामा सरसफाई अभियान सञ्चालन गरिएको सामाजीक परिचालक देबिका बिमलीले जानकारी दिईन ।सोहि अवसरमा अशोकको बिरुवा समेत रोपिएको थियो ।स्थानिय टोल बिकाश संस्थाहरुको सकृयतामा एक सय वटा अशोकको बिरुवा रोपिएको हो । धरान –१७ कै शान्ति टोलमा सुपारीका बिरुवा समेत रोपिएको थियो । बिरोवा रोप्ने कार्यक्रमको उद्घाटन आईयुडिपी का अयोजना प्रमुख राजु पोख्रेलले गरेका थिए भने सरसफाई अभियानको उद्घाटन धरान उपमहानगरपालीकाका सामुदायीक बिकाश अधिकृत चक्रकुमार राईले गरेका थिए । वातावरणीय पक्षलाई दिगो रुपमा सञ्चालन गर्न र उपमहानगरपालीकाले ल्याएका योजनाहरुलाई सहयोग गर्न कार्यक्रम गरिएको सामाजीक परिचालक बिमलीले जानकारी दिईन ।