[caption id="attachment_3182" align="aligncenter" width="660"]oli-sarkar-660x330 फाइल तस्विर[/caption]

धरान/बिहिबार बसेको मन्त्रि परिषदको बैठक माओबादी मन्त्रिहरुले बहिष्कार गरेका छन् । बजेट ल्याएपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने भद्र सहमती एमाले ले तोडेको भन्दै माओबादी रुष्ट बनेको छ । माओबादी मन्त्रिहरुले भने कार्य ब्यस्तताको कारण आफुहरु अनुपस्थित भएको जनाएका छन् । ब्यस्ताताको कारण देखाएपनि माओबादी मन्त्रिहरु मन्त्रालयमै बसेको श्रोतले जनाएको छ ।प्रधानमन्त्रि कार्यालय श्रोतले दिएको जानकारी अनुसार माओवादीको केन्द्रको बिहीबार बिहान बसेको बैठकमा जानु परेकाले आउन नसक्ने जानकारी मन्त्रिहरुले गराएका थिए ।

बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पार्टीको बैठकमा ब्यस्ता हुनुपरेकाले माओबादी मन्त्रिहरु आउन नपाएको बताए ।बिहिबारको बैठकले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभए सम्मका लागि डा. लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताए