राजविराज / जिल्ला विकास समितिले वर्षभरीमा गरेको विकास निर्माणको कामका बारेमा सूचना माग्न जाँदा सञ्चारकर्मीहरुले समयमा सूचना पाउन सकिरहेका छैनन् । सूचना अधिकारी उपलब्ध नभएका कारणले सूचना नपाइ फर्किनु परेको सञ्चारकर्मीहरुको ब्यापक गुनासो छ । जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खड्कालाई सूचना अधिकृत तोकिएको भनिएपनि उनी प्रायः कार्यालयमा नभेटिने गरेको स्थानीय सञ्चारकर्मी शिवहरिप्रसाद भट्टराई बताउँछन् । खड्का बढीजसो फिल्डमा खट्ने भएका कारण कार्यालयमा नभेटिँदा सूचना उपलब्ध हुन नसकेको हो । कामको बोझका कारणले आपूm बाहिर खट्नु परेको र कार्यालयको सूचनाका बारेमा आपूmनै अपडेट हुन नसकेको खड्काको भनाइ छ ।
स्थानीय निकायमा जनप्रतिनिधि नभएको कारणले अनियमितता र अपारदर्शीता बढ्दै गएको सेवाग्राहीहरुको गुनासो छ । खा गरी आर्थिक वर्षको समाप्तितिर काम नगरेपनि बजेट निकासा गराउने, गरेको काममा पनि गुणस्तरीयताको कमी जस्ता कमजोरीहरु हुने गरेको नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवको भनाइ छ । यादवले जिल्लाभरीकै विकासको जिम्मेवारी बोकेको निकाय जिविसमै सूचना अधिकारी नरहेपछि अन्यत्र कस्तो हालत होला भन्दै प्रश्न गरे । जिविस जस्तै राजविराज नगरपालिकामा पनि सूचना अधिकारी को हो भन्ने कुरा टुङ्गो लाग्न सकेको छैन । त्यहाँका कर्मचारीले शाखा अधिकृत प्रफुल्लकुमार श्रेष्ठ सूचना अधिकारी रहेको भनेपनि कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले अर्का कर्मचारी आयुष श्
रेष्ठलाई सूचना प्रवाहको जिम्मेवारी दिएको बताए । दुवैसित सम्पर्क गर्दा नगरपालिकाले गरेको कामका विषयमा बुभ्mदा आपूmसमक्ष त्यसको पूर्ण जानकारी नआएको भन्दै सम्बन्धित फाँटमा बुभ्mनुपर्ने जवाफ दिएका छन् ।
जिल्ला विकास समिति र नगरपालिका मात्र होइन जिल्लाका अधिकांश कार्यालयमा सूचना अधिकारीको व्यवस्थै नभएको, व्यवस्था भएका कार्यालयमा पनि मागेका बखत सूचना नपाइने गरेको स्थानीय सञ्चारकर्मीहरुको भनाइ छ । यसबारे प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसित बुभ्mदा कार्यालयमा सूचना अधिकारी तोक्ने दायित्व कार्यालय प्रमुखको नै हुने र तोकेको सूचना अधिकारीले सूचनाबारे आपूmलाई थाहा छैन भनी जवाफ दिन नमिल्ने बताए । ‘दिनहुने खालका सूचनाहरु दिनैपर्छ’, उनले यसबारे कार्यालय प्रमुखहरुलाई ध्यानाकर्षण गराउने बताए ।






























