धनकुटा/“भौतिक पुर्वाधार, सामाथ्र्य, सुरक्षा र सुन्दरताको खानी, धनकुटा प्रदेश नं.१ को प्रादेशिक राजधानी” भन्ने नारालाई साकार रुप दिन धनकुटावाट व्यावस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले आईतवार देखी छलफल तथा अन्तरक्रिया थालेका छन् ।
    नेपाली कांग्रेसवाट व्यवस्थाdhankuta_view_01पिका संसदमा प्रतिनिधित्व गर्ने धनकुटा सांसद मनोहरनारयण श्रेष्ठको पहलमा धनकुटालाई प्रदेश नं.१ को प्रादेशिक राजधानी वनाउनका लागी सरोकारवाला संघ संस्थाका अगुवाहरु र राजनितिक पार्टीका प्रमुख एवं प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरे । अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले प्रादेसिक राजधानी धनकुटालाई वनाउन धनकुटाका वुद्धिजिविहरुलाई आधारपत्र तयार पार्न अनुरोध गरेका छन् ।
    धनकुटाका वुद्धिजिवीहरुले तयार पारेको आधार पत्रलाई स्थानिय राजनितिक पार्टीहरुको विशेष पहलमा धनकुटालाई राजधानी वनाउने अवधारणा पत्र तयार गरी धनकुटेली सांसदहरु मार्फत संसदमा पेश गर्ने सरोकारवालाहरु विच निर्णय भएको छ । कार्यक्रममा सहभागी कानुन व्यावसायी एवं प्राध्यापक तेजनारयणसिंह राईले प्रदेशको राजधानी सुरक्षाको दृष्टिूकोणले सिमा क्षेत्रमा राख्न नहुने धारणा राखे ।
    राईले स्थानिय निकायको निर्वाचन गराउनको लागी प्रदेश प्रमुख तोक्नु पर्ने भएकाले प्रदेश प्रमुख पहिले देखी नै क्षेत्रिय प्रशासकको हैसियतले धनकुटमा नै विराजमान भएकाले अवको प्रदेशको राजधानी पनि धनकुटामा नै हुनु पर्ने दावी गरे । उनले प्रदेश प्रमुखले शासन गर्न पहिले स्थान तोक्नु पर्ने भएकाले राणाकाल देखी धनकुटा प्रशासनिक गौडा भएकाले अवको प्रदेश नं.१ को प्रशासनिक केन्द्र धनकुटा नै हुनु पर्नेमा जोड दिएका छन् ।
    त्यसैगरी मानवअधिकारवादी युवा नेता विदुर सुवेदीले राणका देखी प्रशासनिक गौडा छदै थियो प्रजातन्त्र आए पछि पनि १६ जिल्लाको राजधानी धनकुटा हुने अव १४ जिल्लाको एक नंम्वर प्रदेशको राजधानी किन नहुने भन्दै प्रति प्रश्न गरे । उनले भौगोलिक भुवनौट र सुहाँउदौ हावापानीका हिसावले पनि धनकुटा उपयुक्त हुने वताए । सुवेदीले धनकुटा प्रादेशकि राज्यको राजधानी हुँदा तराईले चित्त दुखाउन नहुने तर्क राखेका छन् । पहाडका लागी चाहिने सवैखाले खानपान तराईवाट नै आपुर्ति हुने भएकाले तराईलाई औधोगिक कोरिडोरको रुपमा विकास गरेर लान सके प्रदेश नं.१ को समुचित विकास हुने दावी गरे ।
    त्यसैगरी उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले आफुले प्रदेश नं.१ अन्तर्गत रहेको १४ वटै जिल्लाका उधोग वाणिज्य संघको अध्यक्षहरुसंग धनकुटालाई प्रादेसिक राज्यको राजधानी वनाउने विषयमा पहल गर्ने वताए । उनले औपचारिक वा अनौपचारिक रुपमा कुरा राख्दा उधोग वाणिज्य संघसंग आवद्ध पुर्वका अधिकांश जिल्ला अध्यक्षहरुले प्रादेशिक राजधानी धनकुटा वनाउने विषयमा सकरात्मक रहेको समेत दावी गरेका छन्  ।
    धनकुटा वहुमुखी क्याम्पसका प्रोफेसर डा.शम्भु खतिवडाले राज्यको पुनः संरचना त भयो, प्रदेश कति हुने, प्रदेशको नामांकन, सिमाङ्गकन के हुने भन्ने विषयको सामाधान नभै संविधान जारी भएकाले अन्यौल सृजना गरिहेको वताए । त्यसैगरी धनकुटाका महिला उद्यमीका अगुवा कुसुम रानाले धनकुटा प्रादेशिक राज्य राजधान वनाउन दवाव दिने सवालमा धनकुटेली महिला उद्यमीहरु तयार रहेको वताएकी छन् । उनले प्रदेशको राजधानी प्राप्तीको लागी महिला उद्यमीहरुले जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने दावी समेत गरेकी छन् ।
    धनकुटावाट व्यवस्थापिका संसदका सदस्य रहेका सांसद मनोहरनारयण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाका कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख नारयण जोशि, उपेन्द्र पोख्रेल, गोपाल अधिकारी, पुर्व सभासद लिला सुव्वा, धनकुटा क्याम्पसका प्रमुख निरञ्जन वस्ती, धनकुटा हिलेका पर्यटन व्यावसायी चन्द्रवहादुर विष्ट लगायत जिल्लामा क्रियाशिल राजनितिक पार्टीका प्रमुख एवं प्रतिनिधिहरुले धनकुटालाई प्रादेशिक राजधानी वनाउने विषयमा आ(आफ्नो धारणा राख्दै प्रक्रियागत ढंगले अघिवढ्नु पर्नेमा जोड दिएका थिए ।
    कार्यक्रमको संचालन नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले गरेका थिए ।