• धनबहादुर पुरी,
        तरहरा/ देश संघीयतामा गए सँगै प्रदेशहरुको राजधानीको विषयमा वहष हुन थालेको छ । प्रदेश नम्वर एकको राजधानी कहाँ बनाउँने भन्ने विषयमा बहस हुन थाले पछि पूर्वकै केन्द्र बिन्दुको रुपमा विकास भईरहेको इटहरी वासीले इटहरीलाई राजधानी हुनु पर्ने दाबी गर्ने थालेको छ । प्रदेश नम्वर एकको राजधानी इटहरीमा हुदा मन्त्रालयका लागी जग्गा जमिन समेत प्रशस्त रहेको यहाँका अगुवाहरु वताउँछन ।
      पूर्वको केन्द्र विन्दु इटहरीलाई प्रदेशको राजधानी वनाउँन यहाँका नेता तथा अगुवाहरुले पहल गर्ने थालेका छन । पूर्वको सोलु देखि इलाम सम्मका वासीन्दालाई राजधानी आउँन सहज हुने भन्दै इटहरीलाई राजधानी वनाउँन यहाँका अगुवाहरुले माग गरेका हुन । पूर्वको इटहरीमा प्रशस्त ठाउँ तथा निमार्ण भएका पुराना भवनहरु समेत रहेको र त्यसलाई नै मन्त्रालय वनाउँन सकिने कारण वताउँछन । हरेक हिसावले इटहरी राजधानीको लागी उपयुक्त रहेकोले इटहरीलाई नै राजधानी वनाउँन यहाँका अगुवाहरुले माग गरेका छन ।
      इटहरीकी एमाले नेतृ लक्ष्मी गौतमले कुनै हालतमा प्रदेश नम्वर एकको राजधानी इटहरीमा नै हुनु पर्ने वताईन । राजधानीको लागी पूर्वकै केन्द्र विन्दु रहेको इटहरीको विकल्प नभएको उनको भनाई थियो । प्रदेशको सिमाङकन पछि इटहरीलाई राजधानी बनाउँन पहल गरीने उनको भनाई थियो । सबै क्षेत्रले इटहरी उपयुक्त रहेको भन्दै नेतृ गौतमले राजधानी इटहरी नै हुने दावी समेत गरिन । इटहरीका सबैको एकै स्वरले राजधानी माग्नु पर्छ गौतमले भनिन् ।
    नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले पनि प्रदेश नम्वर एकको संघियताको राजधानी इटहरीको विकल्प नभएको वताए । उनले भने भौगिलक हिसावले पनि पूर्वको इटहरी रानधानी हुने उपयुक्त ठाउँ हो । यातायाको हिसावले पनि इटहरीलाई नै राजधानी वनाउँनु पर्छ पौडेलले तर्क गरे । इटहरीलाई प्रादेशिक राजधानी वनाउँन आफु जुनसुकै पहल गर्ने पनि नचुक्ने उनको भनाई थियो । इटहरीमा मन्त्रालय हुने राज्यलाई ठुलो आर्थिक भार समेत नपर्ने उनको तर्क थियो । सबै हिसावले राजधानीको विकल्प इटहरी छैन अब इटहरीवासील जाग्नु पर्छ पौडेलले थपे ।
      सयुक्त भूपू शैनिक संघ नेपालका अध्यक्ष किशोरकुमार राईले पनि संघिय राजधानी इटहरीमै हुनु पर्ने माग गरेका छन । इटहरी सबै कुराले राजधानीको लागी पूर्ण भएको उनको तर्क छ । इटहरीमै राजधानीको 140माग गदै उनीहरुले आईतवार इटहरीमा जुलुस समेत प्रर्दशन गरेका छन । राईले भने राजधानीको लागी क्षेत्रीय अनुसन्धान कृषि केन्द्र र जुटविकासको जग्गा प्रयोग गर्ने सकिने उदाहरण पनि दिए । इटहरीलाई राजधानी वनाउँन भूपूहरुले पनि पहल गछौ उनले भने ।
       इटहरीकै राजनितिक विश्लेषक केशव दाहालले पनि इटहरी राजधानीको लागी उपयुक्त ठाउँ भएको वताउँछन । उनी भन्छन् राजधानीलाई विभिन्न मन्त्रालयहरु अरु ठाउँमा पनि राख्न सकिन्छ । केहि मन्त्रालय धरान ,इटहरी ,विराटनगर दमक लगायतका क्षेत्रमा वाढफाड गरेर मन्त्रालय राख्न सकिने उनको भनाई थियो । भैतिक संरचना,जमिनको हिसावले इटहरीलाई राजधानी वनाउँन सकिने उनको तर्क छ ।