उनीमाथी आफ्नो सम्पतीको फर्जी विवरण बुझाएर कानुनमाथी जालसाझि गरेको पनि आरोप छ । उनले नेपालमा मात्र नभएर बिदेशमा पनि आफ्नो र आफन्तको नाममा बैक खाता खेलेर पैसा राखेको,फ्याट जोडेको जस्ता आरोपहरु पनि जोडिएका छन् । यस अघि नै बिभिन्न आर्थिक मुद्धामा बिबादीत भएका दिक्षितले बिभिन्न निकायबाट तलब भत्ता बाफत पाँच करोड आम्दानी गरेको देखिएपनि १२ करोड खर्च गरेको अख्तियारले जनाएको छ । अनुसन्धानमा तानीएपछि दिक्षितले सात करोडको श्रोत देखाउनु पर्ने छ । साझा यातायातको अध्यक्ष हुँदा सार्वजनिक खरिद ऐन बिपरित आफुखुसि बस खरिद गरेको ,साझा यातायातको बिरगञ्जमा रहेको जग्गा किर्ते गरेर बेचेको जस्ता आरोपहरु उनीमाथी छन् ।
उनले करिब २० बर्ष अगाडि गुठिको नाममा रहेको जग्गा आफ्नी श्रीमती र भाउजुको नामा पास गरेको समेत अनुसन्धानमा देखिएको श्रोतले जनाएको छ । रातो बंगला नामक स्कुल संचालन गरेका दिक्षितले चरम आर्थिक लुट मच्चाएको ठहर अख्तियारले गरेको समाचार श्रोतहरुमा जनाईएको छ । स्मरणर रहोस रातो बङगला नेपालमै सबैभन्दा महंगो निजी स्कुल हो । बिदेशमा धेरै पैसा दिक्षीतकै संलग्नतामा बिदेशका बिभिन्न बैकहरुमा नगद तथा शेयर रहेको समेत रहस्य खुलेको छ । श्रोत खुलेको सम्पती भए जहाँ जसरी राखेपनि कुनै समस्या थिएन श्रोतले भन्यो श्रोत नखुलेको सम्पती बिदेशी बैकमा राख्नु अपराध मात्र हैन देश प्रतिकै बेइमानाी पनि हो । अमेरिकाको चेस बैंकका खातामा १७ हजार दुई सय अमेरिकी डलर मौजात रहेको रहेको पाईएको छ । त्यस्तै बेलायतको एचएसबीसी बैंकमा कनकमणी र शान्ता दिक्षितको नाममा खोलीएको खातामा २८ हजार पाउण्ड स्ट्रलिङ रहेको अनुसन्धानमा देखिएको छ ।उनकी श्रीमती शान्ताको नाममा रहेको बेलायतको एचएसबिसि बैंक र अमेरीकाका एपल बैकमा गरि झण्डै ३६ हजार डलर नगद रहेको श्रोतको दाबि छ । लण्डनको एचएसबिसि बैंकको संयुक्त खाताबाट दिल्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.ली.को नाममा पचास हजार अमेरिकी डलर पठाएको समेत भेटिएको छ श्रोतले भन्यो यसरी लण्डनबाट दिल्लीमा पैसा पठाएको कुरा दिक्षितले राष्ट्र बैंकलाई जानकारी गराएका छैनन । नेपालको कानुनमा यसो गर्नु गैरकानुनी हो । दिक्षितको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ३६ हजार कित्ता शेयर रहेको पनि पाईएको छ ।साथै बेलायतको एचएसबिसी बैमा पनि एक लाख बिसहजार कित्ता शेयर रहेको बुझिएको छ । हिमाल खबर पत्रिकाकाले पनि उनि पक्राउ परेको समचारलाई प्राथमिकताका साथ प्रकाशन गरको छ ।उनी हिमाल खबर पत्रिकाका प्रकाशक समेत हुन । दिक्षितले भने अख्तियार प्रमुखले आफुँ सँग इगो साटेको बताएका छन् ।प्रहरीले नियन्त्रणमा लिंदै गर्दा उपस्थित सञ्चारकर्मीसँग उनले भने, राजा ज्ञानेन्द्रको शासनकालमा मलाई ठ्याक्कै यही ठाउँबाट समातेर लगिएको थियो, अहिले लोकमान सिंह कार्कीले यही ठाउँबाट फेरि समातेर लग्दैछन् ।” कार्की राजा ज्ञानेन्द्रले सत्ता हत्याएका बेला सरकारको मुख्य सचिव भएको भन्दै उनले अख्तियार प्रमुख माथि नै प्रश्न चिन्ह उठाईदिएका छन् ।
































