धरान । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाभित्र गाँजा खेती गरेको पाइएपछि सोमबार प्रहरीले नष्ट गरेको छ । 

इनरुवा ४ मिलनटोल, नवजागरण टोल र आनन्द टोलका स्थानीयले आफ्नो करेसाबारीमा गाँजा लगाएको पाइएपछि प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर विजय चौहानको नेतृत्वमा खटिएको टोलीले करिब ६० बोट गाँजा नष्ट गरेको छ ।

नेपालको कानूनले हालसम्म गाँजालाई वैध मान्दैन । तर, गाउँलेहरूले यसलाई औषधिको रूपमा प्रयोग गर्नका लागि रोपण गर्दै आइरहेका छन् । 

gaja_sunsari_inaruwa