Trending Tags

स्थानीय

    Showing ११-२० of ४४१ items.
  • कोसीले धार परिवर्तन गर्दा १५ हजार स्थानीय विस्थापित

    विजयपुर । सप्तकोसीले धार परिवर्तन गरेर पश्चिम तटीय क्षेत्रमा पस्दा २ हजार ३ सय घरपरिवारका १५ हजार स्थानीय विस्थापित भएका छन् ।जिल्ला प्रशासन कार्यालय उदयपुर प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार कोसीले बुधबार बिहान ४ बजेदेखि धार परिवर्तत गरी पश्चिम तटीय क्षेत्र प्रवेश गरेको हो । पहाडी क्षेत्रमा केही दिनयता अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा कटान गरी कोसी गाउँ पसेको हो । बाढी पसेपछि बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ स्थानीय प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार करिब २ हजार ३ सय घरपरिवारको करिब १५ हजार व्य

    • प्रकाशित मितिः श्रावण १९, २०७९
    • ५४ पटक पढिएको
    • खिलानाथ विक
  • सामाजिक अपराध नियन्त्रणमा युवाको चासो

    सुनसरी । सामाजिक विकृति रोकथाम तथा न्यूनीकरण गर्न युवाहरूको संस्थाले ऐक्यबद्धता जनाएको छ । मानव बेचविखन विरुद्धको दिवसको अवसरमा मानव बेचविखन तथा ओसार–पसार विरुद्धको पालिकास्तरीय अभियानकर्मीका लागि कोकन नेपाल सुनसरीको आयोजनामा भएको कार्यक्रममा युवाहरूको संस्थाले ऐक्यबद्धता जाहेर गरेको हो । कोसी गाउँपालिका–८ भण्टाबारी सीमामा घरदैलो कार्यक्रमअन्तर्गत मानव बेचबिखन विरुद्ध पर्चा वितरण, सन्देश तथा भिडियो प्रदर्शन कार्यक्रम गरिएको छ । स्थानीय अभियानकर्मी वीरेन्द्रकुमार कामैतले युवा अग्रसर भए देशले विकासमा गति लिने बताए । उनले अधिकांश युवापुस्ता अनेक जोखिमबाट गुज्रिरहेको बताए । सीमावर्ती क्षेत्रको वर्

    • प्रकाशित मितिः श्रावण १७, २०७९
    • ११७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वराह सहकारी प्रकरणमा हर्क साम्पाङविरुद्ध पीडित

    विजयपुर । आइतबार ११ बजे वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय पुगेका थिए । उनीहरू धरान उपमहानगर प्रमुख हर्कराज राईलाई सहकारी विरुद्ध आफूहरूले दिएको उजुरीको के भइरहेको छ भनेर बुझ्न र चाँडो न्यायका लागि दबाव दिनका लागि बेलुका ३ बजेसम्म प्रमुख राईलाई पर्खेर बसे ।करिब ३ बजे मात्रै प्रमुख राई कार्यालय आइपुगे । पीडितहरूले वराह सहकारीको छानबिन प्रक्रिया किन अघि बढेन ? भनी करिब ३ सय हाराहारी उपमहानगरको कार्यालय पुगेका थिए । पीडितमध्ये छलफलका लागि पाँचजनालाई मात्रै कार्यकक्षमा आउन नगर प्रमुख राईले आग्रह गरे । छलफलका लागि पाँचजना प्रतिनिधि पठाउने छनोट गर्ने क्रमम

    • प्रकाशित मितिः श्रावण १६, २०७९
    • ३३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अतिक्रमण गरी बनाइएको टहरा भत्काइयो

    विजयपुर । धरान–१७ स्थित एन्फा एकेडेमी पूर्व–उत्तरमा रहेको धरान उपमहानगरको जग्गा अतिक्रमण गरी निर्माण गरिएको टहरा हटाइएको छ ।बिहीबार नगर प्रहरीले बल प्रयोग गरेर हटाएको हो । धरान–१७ एन्फा एकेडेमी उत्तरतर्फ साउने टोल विकास समितिको भवनछेउमा रहेको उपमहानगरको जग्गामा ३ वटा टहरा निर्माण भएको थियो । जग्गा अतिक्रमण गरी बसोबास गरेको उजुरी परेपछि उपमहानगरले साउन ५ गते ५ दिन समय दिएर हटाउन सूचना टाँस गरेको थियो । ५ दिनको समयमा खाली नगरेपछि उपमहानगरले हटाएको हो । उपमहानगरको निवर्तमान जनप्रतिनिधिले उनीहरूलाई टहरा बनाउन दिएको स्रोतले ब्लाष्टलाई बताएको थियो । हाल पनि धरान उपमहानगर क्षेत्रमा पर्ने विभिन्न स्था

    • प्रकाशित मितिः श्रावण १५, २०७९
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्पको डसाईबाट स्वास्थ्य स्वयंसेविकाको मृत्यु

    बिर्तामोड । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयमसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली छिन् ।उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएको थियो । तत्काल उनलाई उपचारको लागि चारआलि स्थित सर्पदंश लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको मेचीनगर ११ का वडाध्यक्ष रुद्र डागीले जानकारी दिए ।मृतक मैनाली धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयमसेविकाको रुपमा कार्यरत थिईन् ।

    • प्रकाशित मितिः श्रावण १३, २०७९
    • १३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लघुवित्तको ऋणमा गाउँका महिला डुब्दै

    बेलबारी । मोरङ बेलबारीका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् ।एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दलदलमा फस्दै गएका छन् । ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आबद्ध महिलाहरूको गुनासो छ ।सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नाग

    • प्रकाशित मितिः श्रावण १२, २०७९
    • १६१ पटक पढिएको
    • विवेक मिश्र
  • अत्यधिक शुल्क लिने विद्यालयको अनुगमन

    विजयपुर । निजी तथा संस्थागत विद्यालयले अत्याधिक शुल्क लिएको गुनासो आएपछि उपमहानगरले अनुगमन गरेको छ ।बुधबार उपमहानगरका प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले ३ विद्यालयको अनुगमन गरेको हो । धरान–१५ को केके इन्टरनेशनल विद्यालय, धरान–९ को विष्णु मेमोरियल स्कुल र धरान–१ को युरेका स्कुलको अनुगमन गरेको शिक्षा महाशाखा प्रमुख रमेशकुमार साहले जानकारी दिए । उपहानगर प्रमुख राई, कार्यपालिका सदस्य विकास भाटी, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख साह र अभिभावक सङ्घका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो । प्रमुख राईले अनुगमनका क्रममा अत्यधिक शुल्क लिएअनुसार सुविधा भए–नभएको स्थलगत अध्ययन गर्न निस्किएको

    • प्रकाशित मितिः श्रावण १२, २०७९
    • ३३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उद्योग बन्द गर्ने अवस्थामा छौँः उद्योगी

    विजयपुर । उद्योगीहरूले उद्योग समस्याग्रस्त अवस्थामा पुगेको बताएका छन् । मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले ३ औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण भ्रमणपश्चात् आयोजित कार्यक्रममा उद्योगीहरूले उद्योग समस्यामा रहेको बताए । तीन कुने औद्योगिक क्षेत्र उद्योग सङ्घका प्रतिनिधि कृष्णकुमार अग्रवालले सरकारकातर्फबाट सहुलियत नपाउँदा तीनकुने औद्योगिक क्षेत्रमा रहेका कतिपय उद्योगहरू बन्द भएको बताए । उनले भने, ‘२०३० सालमा १८ वटा उद्योग स्थापना भएका थिए । अहिले ३३ वटा छन् । तर, केही उद्योग बन्द पनि भए ।’ उनले सरकारले उद्योगीसँग भाडा लिए पनि सेवा नदिँदा बन्द गर्न पुगेको बताए । उनले

    • प्रकाशित मितिः श्रावण ११, २०७९
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संसद्मा पुग्यो मङ्कीपक्स

    धरान । यसै साता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एउटा महत्वपूर्ण निर्णय गर्यो । त्यो निर्णय थियो; विश्वव्यापी रूपमा फैलिएको मङ्कीपक्सबारे । ७५ देशमा फैलिएपछि डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गर्दै सचेत रहन निर्देशन दिएको छ । डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेकै साता भारतको दिल्लीमा मङ्कीपक्सका बिरामी भेटिए । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको सिटी अस्पतालमा उपचाररत ३१ वर्षीय युवकमा मङ्कीपक्स सङ्क्रमण देखिएको हो । भारतमा मङ्कीपक्सका चारजना बिरामी भेटिएका छन् । जसमध्ये तीनजना केरल प्रान्तका छन् । डब्ल्यूएचओले तेस्रो पटक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । जब कि यसबीचमा विश्व कोर

    • प्रकाशित मितिः श्रावण ११, २०७९
    • १,८८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ सरकारका ६ वटा निर्णय

    धरान । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवम् निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको

    • प्रकाशित मितिः श्रावण ११, २०७९
    • ६४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved