विराटनगर । लगातारको वर्षाका कारण विराटनगर डुबानमा परेको छ । तीन दिनदेखि परेको वर्षाका कारण विशेष गरि विराटनगरको दक्षिणी भेग डुबानमा परेको हो । सामान्य वर्षा हुँदा पनि निकास नभएका कारण विराटनगर–१५ को अधिकाशं घरमा पानी पसेको वडाअध्यक्ष असलम आलमले बताए । ‘विराटनगरको उत्तरी भेगबाट आएको पानी वडा नं. १५ मा आएर जम्मा हुन्छ । अहिले दुई वटा मात्र साइफन रहेका छन् । पर्याप्त मात्रामा पानीको निकास हुने साइफन नहँुदा वडा भित्रका घरहरू डुबानमा पर्ने गरेको छ,’ वडाअध्यक्ष आलमले भने, ‘पानीको निकास हुने साइफन थप गर्न महानगरपालिका र सडक विभागलाई पनि जानकारी गराएको छु ।’ विराटनगर
ब्लाष्टखबर । धरानबाट ५० किलाेमिटरकाे दुरीमा रहेकाे माेरङकाे सुनबर्सी नगरपालिका स्थित केचनामा अवस्थित साठे सात विघा क्षेत्रफलमा फैलिएकाे तुम्छाहाङ लाेटस रिसाेर्टका मनमाेहक दृश्यहरू । यहाँ काेशी पूर्वका धरान, इटहरी लगायत पूर्वी पहाडी जिल्लाका साथै झापा र माेरङका विभिन्न ठाउँहरूबाट प्राकृतिक साैन्दर्यताकाे दृश्यावलाेक गर्न तथा पाेखरीमा बाेटिङ्ग गर्न मानिसहरू आउने गर्द छन् । पथरी हाइवेबाट करीब १० किलाेमीटर दक्षिण रहकाे याे रिसाेर्टमा रहेकाे पाेखरीमा कमलकाे फुलका साथै विभिन्न जनातका माछाहरू समेत रहेका छन् ।
विराटनगर । सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि निषेधाज्ञाको पहिलो दिन शनिबार प्रदेश १ को राजधानी विराटनगर सुनसान देखिएको छ । स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेपछि विराटनगरको सडक र बजार क्षेत्र सुनसान देखिएको हो । सडकमा प्रहरी परिचालन गरिएको छ । फाटफुट सडकमा देखिएका व्यक्तिलाइ प्रहरीले सोधीखोजी गर्छन् । अतिआश्वयक बाहेकका अन्य साधन र अनावश्यक मानिसको आवातजावतलाई कडाई गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बिहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक समान खरिद गर्न दिइएको भएपनि त्यस पश्चात् कडाइ गरिएको छ । सामुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि नागरिकलाई घरबाहि
अमेरिकाले ७५ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो। GETTY IMAGES / परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर GETTY IMAGES / हिरोशिमामा १४०,००० मानिस मरेको अनुमान गरिन्छ GETTY IMAGES / हिरोशिमामा परमाणु बम खसालेको विमान र विमानका चालक दल GETTY IMAGES/ हिरोशिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त भएका थिए GETTY IMAGES / एक महिला
विराटनगर । सामुदायमा कोरोना भाइरस फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिका भित्र लकडाउन भएको छ । शुक्रबार मध्यरातीदेखि लागू हुने गरि गरि साउन ३० गतेसम्म लागू हुने गरि विराटनगरमा लकडाउन गरिएको हो । अन्य बेला मानिसहरूको भिडभाडले अशान्त हुने विराटनगर लकडाउन गरिपछि शनिबार विहानदेखि बजार क्षेत्र सुनसान देखिए पनि सडकमा केही सर्वसाधरण आवतजावत देखिएको छ । महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को शुक्रबार बसेको बैठकले लकडाउनको घोषणा गर्ने निर्णाय गरेको थियो । महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार साँझ सम्म विराटनगर महानग
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved