मनोरञ्जन

    Showing २१-३० of २,५९० items.
  • राष्ट्रिय गजल महोत्सवमा ५ बुँदे घोषणा–पत्र

    पथरीशनिश्चरे / नेपालमा यसबेला सबभन्दा बढी लेखिने साहित्यिक सिर्जनाका रूपमा प्रख्यात बन्दै गएको गजल विधाको काठमाडौंमा सम्पन्न २ दिने महोत्सवका सहभागीले ५ बुँदे घोषणा–पत्र जारी गरेका छन् ।नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना रहेको सो पहिलो गजल महोत्सवमा आयोजकले भन्दा पनि कार्यक्रममा आमन्त्रित सहभागीले घोषणा–पत्र जारी गर्ने नौलो काम गरेका छन् । घोषणा–पत्रमा, गजलको सैद्धान्तिक पक्षलाई आत्मसात गरेर वहर र छन्दको लेखनलाई पनि सम्मान गर्दै नेपाली गजल लेखनको मौलिक पक्षलाई सम्मान गरिएको उल्लेख छ । यसका साथै गजलमा अन्र्तवस्तु र रूप पक्षको सन्तुलन हुनुपर्ने भन्ने कुरालाई अङ्गीकार गर्दै

    • प्रकाशित मितिः माघ १८, २०७६
    • १३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • होटल गजुर प्यालेसका ब्राण्ड एम्बास्डर प्रशान्त

    धरान / पूर्वमा सक्रिय गायकका रूपमा चिनिन्छन्, प्रशान्त शर्मा ।उनले गाएको ‘म एक पन्छी हुँ, मलाई उड्न देऊ’ बोलको गीतले धेरै सङ्गीतप्रेमीको मन जितेको छ । उनी विभिन्न ब्याण्डमा काम गर्दै हाल ब्याण्ड र ब्याण्डबाहिर पनि गाइरहेका छन् । उनी हाल धरानको होटल गजुर प्यालेसका ब्राण्ड एम्बास्डर पनि हुन् । प्रशान्तको घरमै साङ्गीतिक माहोल थियो । उनकी आमा कवि तथा पूर्वसांसद् कुन्ता शर्मा पनि कविता लेख्ने, गीत गाउने र सुन्ने गर्थिन् । दाजुहरू सृजन र रोशन पनि सङ्गीत क्षेत्रमै सक्रिय भएकाले पनि प्रशान्तलाई यो क्षेत्रमा आउन सहज भयो । घरमा मात्र होइन, प्रशान्त मामाघर पुग्दा पनि साङ्गीतिक माहोल पाउँथे

    • प्रकाशित मितिः माघ १८, २०७६
    • १,५२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फागुनमा विवाह गर्दै प्रियङ्का–आयुष्मान

    अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिनअगाडि प्रियङ्काले ब्याचलर पार्टी थाइल्याण्ड मनाएकी थिइन् । इन्गेजमेण्ट गरेको दुई वर्षपछि उनीहरूको विवाहको मिति तोकिएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०७६
    • २६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सोभितको ‘केही कुरा बुझ्यौ’ सार्वजनिक

    धरान/ मोडलिङमा डेब्यु गरेका सोभित घिमिरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भूवन बास्तोलाको शब्द र स्वर तथा अमर राईको सङ्गीत रहेको गीत ‘केही कुरा बुझ्यौ..’ को भिडियोमा सोभितलाई प्राप्ति सुवेदीले साथ दिएकी छन् । सोभित आन्तरिक राजस्व कार्यालय धरानका नायव सुब्बा हुन् । सिरकुमार साम्पाङले निर्देशन गरेको भिडियो बिहीबार बूढासुब्बा डिजिटल च्यानलबाट सार्वजनिक भएको हो । मोडल सोभितले नै निर्माण गरेको भिडियो सुनसरीको रास ताल, गोकर्ण रिसोर्टलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको छ । भिडियोमा सोभित र प्राप्तिसँगै गायक भूवनले पनि अभिनय गरेका छन् । दिनेश राईले छायाङ्कन गरेको भिडियो वसन्त राईले

    • प्रकाशित मितिः माघ १७, २०७६
    • ९७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • फेसन शोबाट विश्व कीर्तिमान

    सोलुखुम्बुको कालापत्थरमा आयोजना गरिएको ‘माउण्ट एभरेष्ट फेसन रन–वे’ नामको फेसन शोले विश्व कीर्तिमान कायम गरेको छ । कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले आइतबार गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको छ । समुद्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको फेसन शोमा आठ नेपाली, एक फिनल्याण्डकी, पाँच इटालीकी, एक श्रीलङ्काकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको मुख्य उद्देश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु रहेको पर्यटन बोर्डले जनाएको छ । कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली

    • प्रकाशित मितिः माघ १५, २०७६
    • १०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निरुषा मिस युरोप नेपाल

    काठमाडौं/ मिस युरोप नेपाल सन् २०२० को उपाधि फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन् । युरोपका विभिन्न देशमा रहेका १२ नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले मिस युरोप नेपाल २०२० को उपाधि जितेकी हुन् । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले खत्रीलाई मिस युरोप नेपालको ताज पहि¥याएकी थिइन् । बेल्जियमको लुभेन शहरमा मिस युरोप नेपाल २०२० प्रतियोगिता आयोजना गरिएको थियो । मिस युरोप नेपालको उपाधि विजेता खत्रीले अब नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउण्डमा सोझै प्रवेश पाउने आयोजक ड्रिम्स नेपालले जनाएको छ । प्रतियोगितामा ‘फस्ट रनर अप’ को उपाधि आयरल्याण्डकी सङ्गिता थापा र ‘सेकेण्ड

    • प्रकाशित मितिः माघ १५, २०७६
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आस्था राउतलाई धरौटीमा छाडियो

    धरान / गायिका आस्था राउतलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आज आदेश जारी गरेका हुन । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । उनी गल्ती भएको भन्दैं माफि मागे पनि प्रहरीले अनुन्धान गर्नु पर्ने भन्दैं म्याद थप गरेर थुनामा राखेको थियो । जिल्ला प्रशासनले ४ दिनको म्याद थप गरे पनि चौतर्फी विरोध भए पछि आफै छाडिएको हो । माफि माग्न प्रहरी परिसर पुगेकी राउतलाई प्रहरीले

    • प्रकाशित मितिः माघ १४, २०७६
    • ४५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आस्था राउत प्रहरी नियन्त्रणमा, म्याद थपको तयारी

    काठमाडाैं  / गायिका आस्था राउत आफै प्रहरीमा पुगेकी छन् । उनी सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरेकी हुन । उनलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले बताए । अभद्र व्यवहार सम्बन्धी कसूर जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकोले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमै लैजाने तयारी भइरहेको उनल ेबताएका छन् । गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तर

    • प्रकाशित मितिः माघ १३, २०७६
    • ४०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्ट्याण्ड अप कमेडीमा जम्दै सञ्जु

    ‘ताइ न तुइको पुरस्कार पाएर सरकार रमाउँछ,बलात्कारी बाटोमा खुल्लै हिँड्छ, सहमतिमा होटल छिरेको जोडीलाई पुलिसले समाउँछ ।’..... करिब एक वर्षअघि ‘कमेडी सर्कल’ मा सुनसरीकी सञ्जु कट्वालले प्रस्तुत गरेको समसामयिक र चोटिलो व्यङ्ग्यको एक टुक्रा हो यो । यो प्रस्तुति युट्युबमा हालसम्म करिब १० लाखले हेरिसकेका छन् । यो प्रस्तुतिसँगै सञ्जु स्ट्याण्ड अप कमेडीको क्षेत्रमा चिनिन थालिन् । त्यसपछि त उनका अन्तरवार्ता र कमेडीहरू आउन अझ धेरै आउन थाले । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ बयरवनकी सञ्जुले पहिला धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढिन् । पछि काठमाडौं पुगेर फुड टेक्न

    • प्रकाशित मितिः माघ १०, २०७६
    • ८४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘डलर’ मा कार्टुन क्रुजसँगै वर्षा

    गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत ‘डलर’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै अभिनेत्री वर्षा राउत र गायक आर्जनले अभिनय गरेका छन् ।गम्भीर विष्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन छ ।

    • प्रकाशित मितिः माघ ९, २०७६
    • २४० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved