Trending Tags

अन्तर्राष्ट्रिय / प्रवास

    Showing ७१-८० of २,३९७ items.
  • फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु

    फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।  यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र  धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण  दशौं हजारलाई विस्थापित भएका छन् । कैयौ मानिसहरू अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरु  मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी

    • प्रकाशित मितिः बैशाख १, २०७९
    • २२५ पटक पढिएको
    • रासस/एएफपी
  • राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ। बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको प्रतिक्रियास्वरूप पश्चिमी देशहरूले रुसविरुद्ध धेरै प्रतिबन्धहरू लगाएका छन्। तिनीहरूमध्ये केहीले प्रत्यक्ष वा परोक्ष रूपमा रूसी तेल र ग्यास क्षेत्रलाई असर गरेको छ । बेलायतले रूसी ऊर्जा स्रोतहरूको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । त्यसपछि, बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट तेल र तेल उत्पादनहरू आयात गर्न बन्द गर्ने घोषणा गरेको थि

    • प्रकाशित मितिः बैशाख १, २०७९
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ४९७ अवैध आप्रवासीको उद्धार

    आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ । सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको हो । ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए ।लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संगठनले उद्धार गरेर लिबिया नै फर्काएको थियो । सो संगठनले सात दिनको अवधिमा उनीहरुलाई उद्धार गरेर फर्काएको थियो । कतिपय यी आप्रवासीहरु जबर्जस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन् ।लिबियाक

    • प्रकाशित मितिः चैत्र २९, २०७८
    • ४०९ पटक पढिएको
    • रासस/सिन्ह्वा
  • बस दुर्घटनामा सत्रको मृत्यु

    इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् ।यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन ।प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेक

    • प्रकाशित मितिः चैत्र २७, २०७८
    • ४२७ पटक पढिएको
    • रासस/सिन्ह्वा
  • श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

    श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा। नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उनिहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिएका छन्। गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए। अर्थशास्त्रमा गहिरो अध्ययन गर्नु भएका उनले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका छन् । उनी मलेसियाको वियसान केन्टरमा पनि आवद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक न

    • प्रकाशित मितिः चैत्र २५, २०७८
    • ३०९ पटक पढिएको
    • रासस/एएनआई
  • रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा

    रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ । बिहीबार रुसी विदेशमन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो ।त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा बिहीबार गरेको बताइएको छ ।

    • प्रकाशित मितिः चैत्र २५, २०७८
    • ४१४ पटक पढिएको
    • रासस/सिन्ह्वा
  • कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

     कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् ।घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन् । उनले भनेका छन्– घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले दिए।म

    • प्रकाशित मितिः चैत्र २५, २०७८
    • ३०८ पटक पढिएको
    • रासस/सिन्ह्वा
  • अष्ट्रियाद्धारा चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश

    भियना । अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो । अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिहरू मध्ये तीन जना भियना स्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन् । अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन् । उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।युरोपे

    • प्रकाशित मितिः चैत्र २४, २०७८
    • ४१४ पटक पढिएको
    • रासस/एएफपी
  • श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

    कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् ।श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेका छन् ।पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास

    • प्रकाशित मितिः चैत्र २४, २०७८
    • ३१५ पटक पढिएको
    • रासस/सिन्ह्वा
  • अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

    अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्  । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८ किलोमिटर) पर रहेको मारलिन एयरपोर्टमा मङ्गलबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो।वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ७० गज (६४ मिटर) टाढा दुर्घटनाग्रस्त भएको ह्युस्टन क्रनिकलको रिपोर्टले मार्लिन शहरका प्रबन्धक सेड्रिक डेभिसलाई उद्धृत गर्दै जनाएको छ। टेक्सासको सार्वजनिक

    • प्रकाशित मितिः चैत्र २३, २०७८
    • ४६३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved