नयाँदिल्ली / भारतका केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले कृषि क्षेत्रको संरचना निर्माणका लागि एक लाख करोडको प्याकेज घोषणा गरे । उनले त्यो सवै रकम रहने गरी एउटा कोष तत्कालै स्थापना गरिने जानकारी शुक्रबार दिए । वित्त मन्त्री सितारमणले कृषिको विकास र कृषकलाई सहयोगका लागि त्यो रकम खर्च गरिने पनि बताए । प्रधानमन्त्री नरेन्द्र मोदीको विश्व्यापी पहुँचसँगै स्थानीयका लागि आवाज भन्ने मान्यताका आधारमा यो कोषको स्थापना गर्न लागिएको उहाँले जानकारी दिए । कृषि उत्पादनहरुको बजारीकरण, विज्ञापन, प्रचारप्रसार, आधारभूत मापदण्डको परिपालना, नयाँ प्रविधिहरुको प्रयोग लगायतका कामका लागि यो कोषको रकम खर्च ग
एएनआई / कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ । विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएका जनाइएको छ । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को यस भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार १२ जना कोभिड १९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गए
दिल्ली । गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सं
धरान । कोरोना लकडाउनका कारण कतिपय प्रातकालीन हिँडाइ बन्द गर्नु भएका होला । कतिपय भने मास्क लगाएरै भए पनि प्रहरीको आँखा छलेर दौडिरहनु भएको होला हैन । होसियार ! मास्क लगाएर दौडिने क्रममा चीनको बुहान प्राप्तमा एक २६ वर्षीय युवाको ज्यान गएको छ । फेस मास्क लगाएर दौडिएका झ्याङ पिङ (नाम परिवर्तन) को गत बिहीबार (मे ७ तारिख) उपचारको क्रममा मृत्यु भएको हो । दस्मार्टलोकल डटकमका अनुसार प्रातकालीन हिँडाइ पूरा गरेर घर आएपछि उनलाई छाती दुख्न सुरु भएको थियो । वुहान प्रान्तमा करिब तीन महिनाको लकडाउनपछि ९ अप्रिलमा लकडाउन खुकुलो बनाएको थियो । त्यसपछि धेरै मानिसहरू मर्निङ वाक (प्रातकालीन हिँडाइ) सुरु गरेका थिए ।
धरान । भारतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ८१ हजार नाघेको छ । कोभिड १९ इण्डिया टड ओआरजीका अनुसार ८१ ह्जार ७०५ जनामा कोरोना संक्रमण भइसकेको छ । हालसम्म २ हजार ६४४ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ६४८ नयाँ संक्रमित देखिएका छन् भने ९२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । यता स्वास्थ्य एवम् जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७२२ जना नयाँ संक्रमित देखिएका छन् भने १३४ जनाको निधन भइसकेको जनाएको छ । कोभिड १९ इण्डिया टड ओआरजी र स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा केही तलमाथि रहेको छ । सबैभन्दा बढी महाराष्ट्रमा कोरोनाबाट प्रभावित बनेका छन् । पछिल्लो २४
मेक्सिको / मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ । मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ । त्
एएफपी / अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा बन्दुकधारीहरुले हमला गरेका छन् । उनीहरुले गरेको सो हमलामा परी २४ जनाको ज्यान गएको छ । त्यहाँ भएको सो हमलामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको बताइएको थियो । तर अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बुधबार सो हमलामा परी ज्यान जानेको संख्या २४ पुगेको जानकारी दिए । यहाँका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिदले उक्त आक्रमणमा परी थप १६ जना घाइते भएको जानकारी दिए । उनले मंगलबारदेखि बुधबार बिहानसम्म लगाएर सो अस्पतालमा रहेका आतंककारीमाथि पनि कारबाही गरिएको जानकारी दिए । अफगानिस्तानमा सुरक्षास
जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहर
धरान । बक्सिङको संसारमा कुनै बेला चर्चित रहेका माइक टाइसन पन्ध्र वर्ष पछि ‘बक्सिङको रिङ’ मा देखिन लागेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै १५ वर्षपछि आफू बक्सिङ रिङमा आउन लागेको बताएका छन् । ‘म आउँदै छु’–भिडियो सेयर गर्दै लेखेका छन् । विश्व कोरोना महामारीमा जुधिरहेका बेला उनी भने बक्सिङ रिङमा आउन चाहेको कुरा उल्लेख गरेका छन् । ८० को दशकमा हेबिवेट बक्सरको रूपमा परिचित रहेका उनी विभिन्न प्रोपोगाण्डाका कारण पनि चर्चामा रहने गरेका थिए । आफ्ना प्रतिद्वन्द्वीको कानसमेत टोकेर चर्चामा आएका उनी माइक टाइसन च्यारिटी फण्डकाका लागि रिङमा उत्रिन ला
धरान । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा कार्यरत एक नेपालीको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ । मृतकको परिचय हालसम्म खुलाइएको छैन । साउदीमा ६७४ जना नेपालीलाई कोरोना संक्रमण भएको रियादस्थित नेपाली दूतावासले उल्लेख गरेको छ । कोरोना संक्रमण भएसँगै साउदीमा विभिन्न कारणले ३१ जना नेपालीको मृत्यु भइसकेको छ । दूतावासका अनुसार तीन जनाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । त्यहाँ कार्यरतमध्ये ११ जना नेपाली महिला कामदारमा पनि कोरोना संक्रमण भएको पुष्टि दूतावासले गरेको छ ।
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved