अन्तर्राष्ट्रिय / प्रवास

    Showing १२१-१३० of १,११७ items.
  • भारतमा पछिल्लाे २४ घण्टामा ६१ हजार भन्दा बढिमा काेराेना संक्रमण पुष्टि

    ब्लाष्टखबर ।  केहि हप्ता यता भारतमा काेराेना संक्रमणका घटनाहरू तिब्ररूपमा बढिरहेकाे छ । पछिल्लाे २४ घण्टामा इन्डियामा ६१ हजार ५ सय ३७ नयाँ काेराेना संक्रमित पुष्टि भएका छन् । पछिल्लाे २४ घण्टामा भारतमा ९ सय ३३ जनाकाे मृत्यु भएकाे भातिय संञ्चारमाध्यमले जनाएकाे छ । हाल सम्म भारतमा २० लाख ८८ हजार ६ सय १२ काेराेना संक्रमित प्रष्टि भएकाे छ । जसमा ४२ हजार ५ सय १८ संक्रमितकाे मृत्यु भएकाे भने १४ लाख २७ हजार ६ सय निकाे भएर घर फर्किएका छन् । भारत विश्वमा काेराेना संक्रमितकाे संख्याका अाधारमा तेस्राे मुलुक रहेकाे छ ।

    • प्रकाशित मितिः श्रावण २४, २०७७
    • ४१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रूसले बुधबार विश्वको पहिलो कोरोना भाइरस विरूद्धकाे खोप दर्ता गर्ने

    ब्लाष्टखबर । अक्टूबरबाट देशव्यापीरूपमा काेराेना भाइरस विरूद्धकाे जन खोप कार्यक्रम सुरू गर्ने घाेषणा गरेकाे रूसले १८  अगस्त अर्थात् बुधबार  खोप दर्ता गर्न सक्ने बताएकाे छ ।    मस्कोको गेमलेइ सेन्टर विश्वको पहिलो कोरोनाभाइरस खोप दर्ता गर्न सक्ने रुसका उप स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले बताएकाे आरटी डटकममा ले बताएकाे छ ।   आरटी डटकमले ग्रिडनेभलाइ उद्ध्रित गर्दै गेलेली केन्द्रमा विकसित खोपको दर्ता बुधबार दर्ता हुने बताएकाे हाे । समाचारमा स्वास्थ्य मन्त्रालयले एक आधिकारिकले विज्ञप्ति जारी गरी क्लमेली परीक्षणबाट डाटा सहित गेमेली केन्द्रले बनाएको खोप दर्ता

    • प्रकाशित मितिः श्रावण २४, २०७७
    • १,०६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केरेलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाकाे मृत्यु, १२३ जना घाइते

     ब्लाष्टखबर । भारतकाे केरलमा भएकाे एयर इन्डियाको एएक्सबी १३४४ बाेइङ ७३७ जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा जहाज दुइ टुक्रा भएकाे छ भने, क्याबिन क्रुका चार जना सदस्य सकुशल रहेकाे बताइएकाे छ ।  १९० यात्रु बाेकेर दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुकी केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको थियाे ।  वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएपछि तेस्राे पटककाे  प्रयासमा दुर्घटना भइ विमान दुई टुक्रा भएकाे थियाे। अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो । दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल

    • प्रकाशित मितिः श्रावण २४, २०७७
    • ४२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्वमा बढि संक्रमित हुनेमा भारत तेश्रो स्थानमा, २० लाख ३२ हजार संक्रमित, ४१ हजार बढिको मृत्यु

    एजेन्सी / भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ। विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो । भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ। सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ। दिउँसो ३ बजेको रिर्पोट अनुसार २० लाख ३० हजार १ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ७३ पुगेको इण्डिया टुटेले जनाएको छ । अ

    • प्रकाशित मितिः श्रावण २३, २०७७
    • ३२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रीलङ्कामा महिन्द राजपक्ष र गोटाबयको दल बहुमतका साथ विजयी

    एजेन्सी / श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले देशमा भएको संसदीय निर्वाचनमा आफू विजयी भएको घोषणा गरेका छन्। गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनका दाइ महिन्द राजपक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ। उनीहरूको दल ुश्रीलङ्का पीपल्स फ्रन्टु र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन्। यो विजयसँगै उनीहरूको चुनावी वाचानुरूप संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुलेको छ। उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ। उसलाई समर्थन गर्ने दलहरूले पाँच स्थानमा जितेका छन्। महिन्द राजपक्षले भारतका प्रधानमन्त्रीले आफूलाई बधाई दिन फोन गरेको भ

    • प्रकाशित मितिः श्रावण २३, २०७७
    • ३६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेइरुत विस्फोटः बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, मृत्यु हुनेको संख्या १३५ पुग्यो

    एजेन्सी / बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ। मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ । राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन्। भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर त्यस्तो नभएको बताएका छन्। ‘विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ ।’– उनले भने। विस्फोट हुन सक्ने गुण

    • प्रकाशित मितिः श्रावण २२, २०७७
    • ५४३ पटक पढिएको
    • बीबीसी
  • कोरोना सङ्क्रमितहलाई राखिएको अस्पतालमा आगलागी हुदा ८ संक्रमितको मृत्ष्यु

    एजेन्सी / भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसीले जनाएको छ । अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन् । बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा आगो नियन्त्रण आएको थियो। उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन् । आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएक

    • प्रकाशित मितिः श्रावण २२, २०७७
    • ३२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लेबननको राजधानी बेइरुतमा विस्फोट, ७८ भन्दा बढीको मृत्यु

    बीबीसी/ लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ । अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्। राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु 'अस्वीकार्य' रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो । राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन् । विस्फोटनको

    • प्रकाशित मितिः श्रावण २१, २०७७
    • ३६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश

    एजेन्सी / स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ। अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन्। साउदी अरेबियामा एउटा हाइ(स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो । पूर्व राजाले स्पेन कहिले छाड्ने छन् वा उनी त्यसपछि कहाँ बस्नेछन् भन्ने विषय स्पष्ट भएको छैन। बीबीसीका युरोप सं

    • प्रकाशित मितिः श्रावण २०, २०७७
    • २५४ पटक पढिएको
    • बीबीसी
  • दक्षिण अफ्रिकामा सङ्क्रमितको कुल सङ्ख्या पाँच लाख नाघ्यो,

    एजेन्सी / दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढेर गएको छ । हालसम्म पाँच लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्। स्वास्थ्यमन्त्री ज्वेली म्किजेले शनिवार १०,१०७ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्ख्या ५,०३,००० पुगेको घोषणा गरेका हुन्। तीमध्ये ८,१५३ जनाको मृत्यु भएको छ। अफ्रिका महादेशमा कोरोनाभाइरस सङ्क्रमणबाट दक्षिण अफ्रिका अतिप्रभावित देश हो। पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्। अमेरिका, ब्रजिल, रुस र भारतपछि विश्वभरि धेरै सङ्क्रमित हुने देशमा पाचौँ स्थानमा दक्षिण अफ्रिका पर्छ। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले सङ्क्र

    • प्रकाशित मितिः श्रावण १८, २०७७
    • ३०९ पटक पढिएको
    • बीबीसी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved