काठमाडौं । विदेशमा बस्ने नेपालीहरु प्रायः नेपालीहरुलाई सम्यता सिकाउछन् । विदेशमा भएको उनीहरुले उदाहरण दिएर यस्तै नेपाली पनि हुनु पर्छ भनेर सामाजिक सञ्जालमा लेख्छन् । तर काठमाडौंमा जारी गैरआवासीय नेपाली स‌ंघ (एनआरएन)को नवौं विश्व सम्मेलनका भने उनीहरुले नै तान्डप मच्चाएका छन् । एयरपोर्टदेखि काठमाडौंको हायात होटलसम्म उनीहरुले गरेको असहज क्रियाकलापले एनआरएनलाई कुरी कुरी गरेको छ ।
तीन दिनदेखि जारी अधिबेशन विवादका कारण लम्बिएको छ ।

शुरुमा सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले विमानस्थलमा ताण्डम मच्चाए । उषाकिरण वरिया पनि उनलाई सहयोग गर्न लागिन । लामो लाइन बस्नु परेको भन्दैं उनीहरुले विमानस्थलभित्रै तोडफोड गरेका थिए ।

अध्यागमनले थापालाई ५० हजार रुपैयाँ जरिवाना र भने उषाकिरणलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ । कार्यक्रम शुरु हुनु भन्दा अघि गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भवन भट्ट अनुपस्थित थिए । अध्यक्षसँग परामर्श नगरि पत्रकार सम्मेलन गरिएको थियो । त्यस पछि उनीहरुले बुधबार हायात होटलमासमेत लफडा गरेका छन् । दुई पक्षका प्रतिनिधिहरुले हुलदंगा मच्चाएका थिए । नाराजुलुस पनि घन्किएको थियो । होटलका कुर्सी समेत भाच्ने काम भए ।

तनाव बढे पछि प्रहरी नै परिचालन गरिएको थियो । बल्लतल्ल चुनाव शुरु भए पनि एक घण्टा पछि पुन विवाद भएको थियो । आज पुन मतदान भएको छ ।