ताप्लेजुङ

    Showing १-५ of items.
  • हत्या गरेर फालिएकी मन्दिराको शव ३२ दिन पछि भेटियो

    ताप्लेजुङ / हत्या गरेर तमोर नदीमा फालिएकी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीकी मन्दिरा अधिकारीको शव ३२ दिन पछि भेटिएको छ । तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहिबार माछा मार्ने क्रममा माझीले शव भेट्टाएका हुन् । पाँचथर सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव भेटेपछि आठराई तेह्रथुमस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले दाहिने हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि–सर्टका आधारमा शवको पहिचान भएको मन्दिराका काका चन्द्र अधिकारीले बताए । अप्ठ्यारो स्थानमा भएकाले शवलाई तमोरभ्याली ट्राभल्सको ढुङ्गामार्फत् स

    • प्रकाशित मितिः पुष १९, २०७६
    • ५१३ पटक पढिएको
    • बसन्त लिम्बू
  • घुन्सा हेलिकप्टर दुर्घटनाको १३ वर्षः १२ बर्ष पछि ताप्लेजुङमा अर्को ठूलो दुर्घटना

    ताप्लेजुङ / ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना नागरिक एकैचोटी दुर्घटनामा परेर निधन भएको १३ वर्ष पूरा भएको छ । २०६३ असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालिन सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्रप्रकाश गुरुङ, व

    • प्रकाशित मितिः आश्विन ७, २०७६
    • ४१८ पटक पढिएको
    • बसन्त लिम्बू
  • ताप्लेजुङमा भरुवा बन्दुक संकलन गर्दै प्रहरी

    ताप्लेजुङ / माघे संक्रान्तिका दिन ताप्लेजुङको फक्तालुङ गाउँपालिका ४, खुपातालका देवीप्रसाद लिम्बूको भरुवा बन्दुकको गोली लागेर मृत्यु भयो। आफ्नै साथी सुरेन्द्र तामाङसँग सिकार खेल्न गएका उनको लोड गरेको बन्दुक अकस्मात पड्किएर ज्यान गएको हो । लिम्बूलाई बन्दुकको छर्राले लागेको थियो । लिम्बूको घटनास्थल मै मृत्यू भएको थियो । सो घटनामा संलग्न स्थानिय सुरेन्द्रलगायतलाई पक्राउ गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् । यस्तै २०७४ साल चैत्रमा आठराई त्रिवेणी गाउँपालिकाका स्थायिन तिन जना सिकार खेल्न जंगल पसे । भाई दिवश आङबुहाङ, दाजु सुवाश आङबुहाङ र अर्का एक जना ।

    • प्रकाशित मितिः चैत्र १३, २०७५
    • ४०९ पटक पढिएको
    • बसन्त लिम्बू
  • भूकम्पका कारण सुक्न थाले पानीका मुहान

    ताप्लेजुङ / फुङलिङ नगरपालिका ३ का गोमबहादुर तामाङले थाहा पाउँदा घरै भन्दा माथीको भिरको फेदमा पानीको कुवा थियो । सो कुवामा बाह्रैमास पानी सुक्दैनथ्यो । त्यतिवेला पानी घर सम्म ल्याउनको लागि की भाँडो लिएर कुवासम्म जानुपथ्र्यो, की बाँसको डुँड बनाएर घरसम्म पानी ल्याउनुपथ्र्यो । तामाङको बुवाले पनि बाँसको डुँड वनाएर घरसम्म पानी ल्याएका थिए । त्यहि पानीको माध्यमवाट घरपरिवारलाई मनग्य पुग्थ्यो । सागसव्जी पनि लगाउँथे । तर केहि वर्ष अघिदेखि त्यो कुवामा पानी छैन् । २०७२ सालमा गएको भुकम्प पछि त्यो कुवा सुकेको तामाङ बताउँछन् । जिल्लाकै मिक्वाखोला गाउँपालिका वडा नं ३ का वीरवहादुर लिवाङको पनि खेतको विचमा

    • प्रकाशित मितिः माघ १७, २०७५
    • ४५३ पटक पढिएको
    • वसन्त लिम्बू
  • ताप्लेजुङमा गाईलाई भत्ता !

    ताप्लेजुङ /  मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । सात वटा वडा रहेको सिदिङ्वाले गाईलाई भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो । योजना अन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना मार्फत पहिलो चरणमा यस आर्थिक वर्षमा एक वडा वरावर १५ जनालाई सो रकम प्रदान गरिएको छ । साविकका सादेवा, आंखोप, साब्लाखु, लिम्बुदिन,

    • प्रकाशित मितिः माघ ९, २०७५
    • ३३५ पटक पढिएको
    • बसन्त लिम्बू

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved