विजयपुर । सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकको भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली गरी ल्याइएको किराना सामान बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १ लाख ६३० रुपैयाँ बराबरको किराना सामान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लौकही, सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ । उक्त सामानलाई थप कानुनी प्रक्रियाका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।