काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । 
 
सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य १८५ ले गिरावट आएको हो । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ थियो । रासस