श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ १० गते बुधबार, २६ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण शुक्लपक्षको त्रयोदशी तिथि ०८ः१५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण भोलि ०१ः०३ बजेसम्म, उप्रान्त धनष्ठिा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः३९ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष काममा जग बसाउने अवसर छ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। पद, प्रतिष्ठा प्राप्त गर्ने बेला छ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धेरैले कामको तारिफ गर्नेछन्। साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परविर्तनको संवाहक बन्न सक्छ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कर्मयोगले मन प्रफुल्लित गराउनेछ।गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। धर्म–कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।परिबन्दले समस्या निम्त्याउन सक्छ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जटिल काम गर्नुपरे पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। केही काम भने बन्नेछन्। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ।