श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन २५ गते सोमबार, १० अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण कृष्णपक्षको द्वादशी तिथि ०८ः१८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र आद्र्रा १२ः४२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ।प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हातबाट लक्ष्मी बाहिरिने सम्भावना छ । कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनेछन्, सावधान रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रचनात्मक काम प्रारम्भ हुनेछ। साथीभाइसँग भेटघाट हुनेछ र खानपानको आनन्द मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।