धरान । पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा शनिबार ‘कोरा राइड साइक्लिङ २०८३’ सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष किशन मास्केका अनुसार धरान–२ स्थित भानुचोकबाट सुरु भएको साइक्लिङ च्यालेन्जमा सहभागीहरूले करिब ३० किलोमिटर दूरी तय गर्दै धरान–८ स्थित लाङ्घाली सामुदायिक वन पुगेर यात्रा सम्पन्न गरेका हुन् ।
कोरा राइडमार्फत् स्वस्थ जीवनशैली, वातावरण संरक्षण, दिगो यातायातको प्रवद्र्धन तथा साइकल संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न उमेर समूहका साइकलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
आयोजकका अनुसार धरानका विभिन्न क्षेत्र हुँदै सञ्चालन गरिएको राइड सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको हो । समापन कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष पनि अझ व्यापक सहभागितासहित कार्यक्रम आयोजना गरिने जनाइएको छ ।