धरान । फिफा विश्वकप फुटबल २०२६ मा सेमीफाइनल चरणमा आएका देशहरूमध्ये सबैभन्दा कम गोल खाने देशमा स्पेन रहेको छ । उसले हालसम्म १ गोल मात्रै खाएको छ ।

यस पटकको सेमीफाइनलबाट फाइनल चरणमा प्रवेश गर्ने टिमहरूमध्ये कम गोल खाने र बढी गोल खानेबीच प्रतिस्पर्धा हुँदैछ । सबैभन्दा कम गोल खानेहरूमा स्पेन र फ्रान्स छन् । स्पेनले हालसम्म एक गोल मात्रै खाएको छ भने फ्रान्सले पनि २ गोल मात्रै खाएको छ । उता इङ्ल्याण्ड र अर्जेन्टिनाले भने ६–६ गोल खाएका छन् । यी दुई टोलीबीच सेमीफाइनमा भेट हुँदै छ । 

स्पेनले समूह चरणमा केप भर्डेसँग साउदी अरब र उरुग्वेसँग भेट गरेको थियो । जसमा केप भर्डेसँग ०–० को बराबरी खेल्दा साउदीलाई ४–० गोलले हराएको थियो । उरुग्वेलाई १–० गोलले हराएको थियो । यस्तै नकआउट चरणमा स्पेनले अष्ट्रियालाई ३–० गोलले हराउँदा क्वार्टर फाइनल प्रवेशका लागि पोर्चुगललाई १–० गोलले हराएको थियो । स्पेनले बेल्जियमसँगको प्रतिस्पर्धामा मात्रै १ गोल खान पुगेको थियो । उसले सेमिफाइलनमा पुगिञ्जेलसम्म ६ वटा खेल खेल्दा १ गोल मात्रै खाएको छ । स्पेन २०१० को विजेता टिम हो । उसले नेदरल्याण्डको टोलीलाई १–० गोलले हराएको थियो । 

फ्रान्ससँग प्रतिस्पर्धा गर्दै गरेको स्पेनले जितेमा १६ वर्षपछि अर्को इतिहास रच्नेछ । फ्रान्सले समूह चरणदेखि क्वार्टर फाइनलको चरणसम्म जम्मा २ गोल मात्रै खाएको छ । जसमा फ्रान्सले सेनेगल, इराक र नर्वेलाई पराजित गर्दै ९ अङ्कका साथ समूह विजेता भएको थियो । उसले सेनेगलसँगको खेलमा ३–१ ले जित्दा इराकलाई ३–० र नर्वेसँग ४–१ गोल अन्तर भएको थियो । राउन्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३–० गोलले पराजित गरेको थियो । यस्तै राउन्ड अफ १६ मा पाराग्वेलाई १–० गोलले हराउँदा क्वार्टरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराएको थियो । 

फ्रान्स १९९८ र २०१८ को विश्वविजेता टिम हो भने सन् २०२२ को उपविजेता टिम हो । यसपटक उपाधि जित्ने दाउमा छ । यस्तै साविक विजेता अर्जेन्टिनाले हालसम्म ६ गोल खाएको छ । ऊसँग प्रतिस्पर्धा गर्दै गरेको इङ्ल्याण्डले पनि ५ गोल खाएको छ । समूह चरणको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–०, अष्ट्रियालाई २–० र जोर्डनलाई ३–१ गोलले हराएको थियो । यता नकआउट चरणमा आएपछि केप भर्डेलाई ३–२ गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो । अन्तिम १६ मा इजिप्टलाई ३–२ गोल अन्तरले नै हराउन पुगेको थियो । यता क्वार्टर फाइनलमा स्विटजरल्याण्डलाई ३–१ गोलले पराजित गरेको हो ।

नकआउट चरणका खेलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै आएको छ भने इजिप्टसँग भएको क्वार्टर फाइनल खेल निकै विवादित बनेको छ । यता इङ्ल्याण्डले समूह चरणदेखि हालसम्म ६ गोल खाएको छ । समूह चरणमा २ गोल खाएको थियो भने नकआउट चरणमा थप ३ गोल खाएको हो । समूह चरणमा इङ्ल्याण्डले क्रोएसियासँगको खेलमा ४–२ गोल गर्दा घानासँग ०–० को बराबरी र पानामालाई २–० गोलले हराएको थियो ।

यस्तै राउन्ड अफ ३२ मा डीआर कङ्गोलाई २–१ ले हराउँदै राउन्ड अफ १६ मा सहआयोजक राष्ट्र मेक्सिकोलाई ३–२ गोलले पराजित गरेको हो । यस्तै नर्वेसँग २–१ गोलले पराजित गरेको हो । अब फाइनलका लागि भने यी दुई टोलीमा को पुग्ने अन्यौल रहेको छ । फ्रान्स फाइनलमा पुगे सन् २०१८ वा सन् २०२२ को उपविजेता वा विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१८ मा फ्रान्सले इङ्ल्याण्डलाई नै पराजित गरेको थियो भने सन् २०२२ मा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो । 

यो विश्वकपको सेमिफाइनलमा पुग्ने टिमहरूमा फिफा वरियतामा शीर्ष चार स्थानमा रहेका टोली नै पुगेका छन् । फिफा वरियतामा स्पेन (१), अर्जेन्टिना (२), फ्रान्स (३) र इङ्ल्यान्ड (४) मा रहेका छन् । फिफाले यी टोलीहरूलाई सुरुवाती चरणबाटै फरक फरक समूहमा राखेर प्रतिस्पर्धा गराएको थियो । कतिपयले यसलाई फुटबलमा फिफाको रणनीति भनी व्याख्या गर्दै आएका छन् ।