श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार २५ गते बिहीबार, ९ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ  कृष्णपक्षको नवमी तिथि १०ः५७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्विनी ०३ः१२ बजेसम्म, उप्रान्त  भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय दिन नसक्दा काम बिग्रन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावसायिक कामले खर्च बढाउनेछ।  प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोगले मनग्य फाइदा हुनेछ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा पनि राम्रै लाभ उठाउन सकिनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ। कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।