श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार २४ गते बुधबार, ८ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ कृष्णपक्षको अष्टमी तिथि १२ः४२ उप्रान्त नवमी, नक्षत्र रेवती ०४ः१७ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्ने समय रहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नुहोला। कामकाजमा सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ । पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढाउन सकिनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रममा समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि बुद्धि खर्चनु पर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।