श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार २३ गते मङ्गलबार, ७ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ कृष्णपक्षको सप्तमी तिथि ०१ः४५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरभाद्र ०४ः४१ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थअभाव खट्किन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। तर बनिसकेको काम दोहो¥याउनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्राको साइत जुर्न सक्छ। काममा ठूलै फड्को मार्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। महत्वपूर्ण वस्तु लाभ होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले हिम्मत दिलाउनेछन्। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयम् सक्रिय रहनुपर्ला।