धरान । मोबाइल गेम पब्जी मोबाइलले एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

पब्जी मोबाइलले जुलाई ९ मा आफ्नो आगामी भर्सन ४.५ अद्यावधिक गर्दैछ । उक्त अद्यावधिकपश्चात् गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन–गेम अनुभव प्राप्त गर्ने जनाइएको छ ।

नारुटो प्रोडक्सन कमिटीको प्रत्यक्ष सुपरीवेक्षणमा तयार गरिएको छ । गेमरहरूले हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्यालीलगायत नारुटोको कथामा विशेष महŒव राख्ने जनाइएको छ । गेमरहरूले चिडोरी, रासेङ्गन, स्याडो क्लोन र फ्लाइङ राइजिन जुत्सु जस्ता चर्चित निन्जुत्सु सीपहरू प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । 

गेमरहरूले नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारालगायत पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेट प्राप्त गर्न सक्ने जनाएको छ । पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङ ले भने, “नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत् अन्तरक्रियात्मक मनोरञ्जनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धतामा पब्जी मोबाइल निरन्तर अघि बढिरहेको छ ।” सन् १९९९ मा नारुटो सुरुवात भएको हो ।