श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २८ गते बिहीबार, ११ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि १०ः५१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रेवती ०८ः२९ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक समस्याले खर्च बढाउन सक्छ। परिस्थितिवश केही फाइदाका वस्तु त्याग्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा समय दिन नसक्दा लाभांश अरूलाई सुम्पनु पर्नेछ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ । रोकिएको रकम उठ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्याङ्कन हुनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा महŒवपूर्ण वस्तु प्राप्त होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिले अलमल्याउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ। व्यापारमा आंशिक लाभ हुनेछ। छोटो दूरीको यात्रा हुनेछ ।