श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख २ गते बुधबार, १५ अप्रिल २०२६, रौद्रनाम संवत्सर । वैशाख कृष्णपक्षको त्रयोदशी तिथि १०ः४७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वभाद्र ३ः३५ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः३९ बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ । सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारीसमेत दिलाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कामका अवसर प्राप्त हुनेछन् । व्यवसायमा पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनग्य धन सञ्चय हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभचिन्तकहरूले साथ दिनेछन् । भविष्यका लागि कर्म सञ्चय गर्ने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। अरूको मुख ताक्नाले पछि परिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रमको मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्ना आवश्यकता पूरा हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।कामका लागि दौडधुप गर्नु पर्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्दले चुनौती निम्त्याउन सक्छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नु पर्ला।