श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १ गते मङ्गलबार, १४ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख कृष्णपक्षको द्वादशी तिथि भोलि १२ः२७ बजेसम्म, त्रयोदशी, नक्षत्र शतभिषा ४ः१८ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः४० बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षाले लक्ष्यमा पु¥याउन सक्छ । समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला । गरेका कामबाट फाइदा उठाउन मुस्किलै पर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हतारको त्रुटिले काम दोहो¥याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा बाधा पुग्नेछ।