विजयपुर । सुनसरीको देवानगंज गाउँपालिका–४ मुसहरी टोलमा अवैध रूपमा भन्सार छली गरी ल्याइएका लत्ता कपडा प्रहरीले बरामद गरेको छ ।

मंगलबार प्रहरी चौकी कप्तानगंजबाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेको एक व्यक्ति बोरा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फालिएको बोरा खोली जाँच गर्दा अन्दाजी ४६ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ता कपडा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिएर प्रहरी चौकी कप्तानगंजमा राखिएको छ भने आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।