श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ३० गते  सोमबार, १३ अप्रिल २०२६, रौद्रनाम संवत्सर । वैशाख कृष्णपक्षको एकादशी तिथि भोलि १ः२३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र धनिष्ठा ४ः१५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः४१ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखापर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। विरोधीहरूले दुःख दिनेछन्, सजग रहनुहोला।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौती देखापर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्म–कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गरेको श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ । पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले व्यवसायमा उत्साह बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।