श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत २९ गते आइतबार, १२ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख कृष्ण पक्षको दशमी तिथि भोलि  १ः३१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र धनिष्ठा १ः५० बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः४२ बजे र सूर्यास्त ०६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। आफ्नै रुचिका विषयमा लगानी बढाउन सकिनेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउलान्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। तर अरूको काम गर्नुपरे पनि फाइदै हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ।