विजयपुर । जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद भुक्तानी गर्न बाँकी भई फरार भएका एक प्रतिवादी पक्राउ परेका छन् ।

बिहीबार धरान–८ का ३७ वर्षीय सानु राई भन्ने विश्वजित चाम्लिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि सुनसरी जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।