श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत २७ गते शुक्रबार, १० अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख कृष्णपक्षको अष्टमी तिथि ११ः२९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वाषाढा ११ः३८ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः४४ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूले साथ दिनेछन् । भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले इनाम दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिवश काममा अलमल हुनेछ। लाभांश बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। मिहिनेत र सावधानीले उपलब्धि जोगाउन सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा ध्यान पु¥याउनु होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।































