श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १२ गते बिहीबार, २६ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको अष्टमी तिथि १२ः०७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र आद्र्रा ०४ः३५ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः०१ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषिमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। साथै आर्थिक क्रियाकलापमा समेत मनग्य फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामका लागि विशेष निर्णय गर्नुपर्ने समय छ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
































