विजयपुर । धरान–१६ स्थित लिगामेन्ट आवासीय विद्यालयले एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई विदाई गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का २८ जना विद्यार्थीलाई विदाई गरेका हुन् । कक्षा ९ का विद्यार्थी तुफान मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक तेजमान लिम्बू रहेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रधानाध्यापक लिम्बूले विद्यार्थीहरूलाई अनुशासित भई आत्मविश्वासका साथ अघि बढ्न र समस्या आए पनि नआत्तिन सुझाव दिए । त्यस्तै, शिक्षकहरूले एसईई परीक्षा दिने विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अनुभव साटासाट गर्नुका साथै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।