धरान ।  चौथो कोशी आमन्त्रित कराते प्रतियोगितामा धरानको सुनाखरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले ११ वटा स्वर्ण पदकसहित १७ वटा पदक जितेका छन् । 

गत फागुन २९ र ३० गते झापाको शिवसतासीस्थित कराते एकेडेमीमा भएको प्रतियोगितामा सुनाखरीले उत्कृष्ट प्रदर्शन गरेको हो । 

विद्यालयका प्रिन्सिपल मिलन राईका अनुसार ११ वटा स्वर्ण पदक, ४ वटा रजत र २ वटा कास्य पदक विद्यार्थीहरूले जितेका छन् ।