विजयपुर । धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ ।
मंगलबार ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित जयन्ती मनाएको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले विद्यालयले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न झाँकी प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक खेम सुवेदीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयलाई सहयोग गर्ने माडवाडी समाजका पूर्व अध्यक्ष दिनेश अग्रवाललाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास वर्देवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरकी शिक्षा अधिकृत उमा दाहालले अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्नुपर्ने बताइन् । उनले अमेरिकाको दादागिरी रहेसम्म अङ्ग्रेजी भाषाको महत्त्व रहने पनि उल्लेख गरिन् । कार्यक्रममा उत्कृष्ट शिक्षक अञ्जना राईलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक यम कुमार चाम्लिङले जानकारी दिए ।



































